सही उपयोग गर्न जाने ‘सुन’ हो प्लास्टिक « Eglish Khabarhub

सही उपयोग गर्न जाने ‘सुन’ हो प्लास्टिक

भृकुटीमण्डपमा विशेष मेला


१५ मंसिर २०८१, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्लो समय प्लास्टिक हाम्रो दिनानुदिन जीवनको महत्त्वपूर्ण हिस्सा बन्दै आएको छ । प्लास्टिकको प्रयोग बिना जीवन सम्भवै छैन भन्दा फरक पर्दैन ।

खानेकुराबाहेक सबै उपभोग्य वस्तुमा वा ती वस्तुको निर्माणमा प्लास्टिकको प्रयोग गरिएकै हुन्छ । तर, पछिल्लो समय प्लास्टिकको उपभोग घटाउनुपर्छ भन्ने चर्चा एउटा तहमा हुने गरेको छ ।

सोही अवधारणासहित सामाजिक सञ्जालमा तथा विभिन्न मञ्चमा ‘प्लास्टिक प्रयोग नगरौं’, ‘प्लास्टिक निषेध’ जस्ता नारासहितका अभियान अघि सारिएको हुन्छ ।

तर, वास्तवमा यसरी हुने अभियानमा एउटा पाटो चुकिरहेको हुन्छ । त्यो हो, प्लास्टिकबारे जानौं भन्ने सचेतना ।

प्लास्टिकलाई सही तरिकाले उपयोग गर्न नजान्ने हो भने यो वस्तु पृथ्वीको लागि भार नै हुन्छ तर सही उपयोग गर्ने हो भने प्लास्टिक सुन भन्दा पनि कम छैन ।

हो, यही सन्देश प्रवाह गर्ने हेतुले राजधानीमा एक वृहत मेला आयोजना भइरहेको छ । त्यो हो, प्लास्ट नेपाल २०२४ ।

प्लास्ट नेपाल फाउन्डेसनको आयोजनमा बिहीबारदेखि शनिबारसम्म चलिरहेको प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादनहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी भइरहेको छ ।

मंसिर १३ गतेदेखी १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चलिरहेको यो प्रदर्शनी प्लास्ट नेपालको चौथो संस्करण हो ।

मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरुको सहभागिता रहेको छ । मेलाको सह आयोजक भारतको कम्प्लास्ट रहेको छ ।

मेलाले नेपालमा प्लास्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली वजारमा समेत भित्र्याउने विषयमा सहयोग पुर्याउने छ ।

प्लास्टनेपाल फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठका अनुसार सन् २०१४ मा पहिलोपल्ट आयोजना भएयता यो प्रदर्शनीको चौथो संस्करण हो । यो संस्करणमा स्वदेशी र विदेशी गरी कुल १०० स्टल छन् । भारत, चीन मलेसिया लगायत देशका व्यवसायीको सहभागिता छ ।

प्लास्टनेपालले यो प्रदर्शनीलाई औद्योगिक मेलाको रुपमा अघि बढाएको छ । ‘जनचेतना बढाउने उद्देश्यका लागि आयोजना गरिएको कारण स–साना उद्यमीलाई बजारमा आएका नयाँ प्रविधिबारे अवगत गराउने र नेपाली उपभोक्तालाई प्लास्टिकजन्य उत्पादनकाबारे जानकारी गराउने उद्देश्य लिएका छौं,’ उनले भने ।

देशमा वार्षिक ७५ अर्ब रुपैयाँको कारोबार गर्ने प्लास्टिक उद्योग सञ्चालनमा छन् । यी उद्योगले १ लाखले रोजगारी प्राप्त गरेका छन् ।

तर, नेपालमा प्लास्टिकबारे गलत सन्देशमात्र प्रवाह भएको उनको भनाइ छ । ‘तर, वास्तवमा प्लास्टिक नहुँदो हो त नेपालका वनजंगल विनाश भइसकेका हुन्थे,’ उनी भन्छन्, ‘प्लास्टिक प्रयोग बन्द गरौं भन्ने सोचबाट प्लास्टिकको सही सदुपयोग गरौं भन्ने तर्फ लागौं ।’

देशका प्लास्टिक उद्योगीले प्लास्टिक प्रशोधन गरी पुनःप्रयोग गर्ने कुरा जोडतोडका साथ उठाएका छन् । सरकारले सुविधा दिने हो आफूहरु पुनः प्रशोधन हुने प्लास्टिक उद्योग स्थापना गर्न आफूहरु तयार रहेको उनले बताए ।

यसका लागि प्लास्टिकजन्य फोहोरलाई घरैमा छुट्याउनुपर्ने उनको भनाइ छ ।

प्लास्ट नेपाल फाउन्डेसनले स्थापनाकाल देखि नै रियुज, रिकभर र रिसाइकल भन्ने नारालाई अघि बढाएको भन्दै उनले सरकारले साथ दिने हो भने प्लास्टिक प्रशोधन गर्ने उद्योग नेपालमै स्थापना गर्न सक्ने दाबी गरे ।

‘प्लास्टिकलाई फोहोरको रुपमा फाल्ने बानी हटाउनुपर्छ,’ उनले भने, ‘स्रोतमै प्लास्टिक छुट्याउने हो भने प्लास्टिक सुन हो । हरेक प्लास्टिकको मूल्य छ, पुनः प्रशोधन गर्न सकिन्छ । प्लास्टिकलाई पैसाको रुपमा संकलन गर्न सिक्नुपर्छ । यो कुरा विद्यालयबाटै सिकाउनुपर्छ । ‘नो प्लास्टिक’ भन्ने होइन, ‘नो एबाउट प्लास्टिक’ अर्थात् ‘प्लास्टिक निषेध’ होइन ‘प्लास्टिकबारे जानौं’ भन्नुपर्ने उनको बुझाइ छ ।

प्लास्ट नेपाल फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष तथा प्लास्ट नेपाल एक्स्पोका संयोजक विवेक तातेडका अनुसार प्लास्टनेपाल फाउन्डेसन नेपाली बजारमा प्लास्टिकजन्य उत्पादनको व्यावसायिक विस्तार तथा प्लास्टिकका विषयमा जनचेतना फैलाउन रहेको बताउँछन् । ‘फाउन्डेसनको उद्देश्य हासिल गर्न तथा देशभरका प्लास्टिक उत्पादकलाई एकै छातामुनि ल्याउन प्लास्ट नेपाल एक्स्पो आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘सम्बन्धित व्यक्ति पनि आउने तथा व्यवसायिक जगत र उपभोक्ता पनि एकै मञ्चमा भेट हुने भएकाले यो मेला आफैंमा महत्त्वपूर्ण छ ।’ उनले पनि ‘से नो टु प्लास्टिक होइन’ ‘नो एबाउट द प्लास्टिक’ भन्ने सन्देश दिन चाहेको दाबी गरे ।

‘प्लास्टिक प्रयोग नगरी जीवन सम्भवै छैन,’ उनले भने, ‘तर प्लास्टिकको रिकभर, पुनः प्रशोधन र पुनः प्रयोग गर्ने हो भने सबैको हितमा हुन्छ । समस्या सबै हट्नेछ ।’

प्लास्टिकलाई कसरी प्रयोग गर्ने, पुनः प्रयोग कसरी गर्ने भन्ने सन्देश फैलाउन फाउन्डेसनले धेरै मिहिनेत गरेको उनको दाबी छ ।

प्लास्टिकजन्य वस्तुको उपयोगिताका विषयमा उपभोक्ता, सरकारी र सार्वजनिक निकायहरुमा जागरण ल्याउने एवं जानकारी गराउने, प्लास्टिक उद्योगहरुको जनशक्ति विकास गर्न तालिम÷प्रशिक्षण, आधुनिक र अध्यावधिक ज्ञान र सीप उपलव्ध गराउने/हस्तान्तरण गर्ने केन्द्रको रुपमा काम गर्ने, प्लास्टिक जन्य वस्तुहरुको परीक्षण र विकास सम्वन्धि सेवा प्रदान गर्ने प्रयोगशालाको विकास गरी भविष्यमा प्रमाणिकरणको काम समेत गर्ने, प्लाष्टिक जन्य वस्तुहरुको सम्बन्धमा ३ आर (रिकभर, रियुज र रिसाइकल) को विषयमा जागरण ल्याउने, प्लास्टिक क्षेत्रको प्रवद्र्धन गरि नेपाललाई प्लास्टिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित स्थापना भएको प्लास्ट नेपाल फाउन्डेसनले यस भन्दा अगाडी तीनवटा अन्तराष्ट्रिय प्रदर्शनी सफलतापुर्वक सम्पन्न गरीसकेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ००:००  ७ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping