साढे ४ खर्ब लागतको मुगु कर्णालीमा लगानी गर्न भारतीय अर्बपति अडानीको चासो, यसैसाता छलफल « Eglish Khabarhub

साढे ४ खर्ब लागतको मुगु कर्णालीमा लगानी गर्न भारतीय अर्बपति अडानीको चासो, यसैसाता छलफल


२५ मंसिर २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भारतका अर्बपति व्यापारी गौतम अडानीले १९०२ मेगावाटको मुगु कर्णालीमा लगानीको चासो देखाएका विद्युत उत्पादन कम्पनीले अध्ययन गरिरहेको १९०२ मेगावाट परियोजना अडानीले चासो देखाएका हुन् ।

लामो समयदेखि नेपालमा लगानी गर्न अडानीले चासो देखाउँदै आए पनि अहिलेसम्म औपचारिकता पाउन सकेको छैन । अडानी समूहले २ वर्षअघि १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी बहुउदेश्यीय आयोजनामा चासो देखाएको थियो। त्यस्तै काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै निजगढ लगायतका एयरपोर्टमा पनि चासो देखाएको थियो।

यसपटक भने अलि गम्भीर चासो देखाएको स्रोतहरुको दाबी छ ।

‘हामीलाई अनौपाचारिकरुपमा चासो रहेको जानकारी आएको छ । यहि साताभित्र अडानी समूहका नेपालमा रहेका प्रतिनिधिसँग छलफल हुने तय भएको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘अडानी समूहले धेरै पहिलेदेखि नेपालको जलविद्युतमा लगानी गर्न खोजिरहेका छन् । मिल्यो भने लगानी गर्ने सम्भावना छ ।’

स्रोतका अनुसार व्यवसायी दीपक मल्होत्रासँग ३२५ मेगावाटको माथिल्लो भेरी आयोजना अडानी समूहले लिन खोजेको थियो । तर मूल्य सहमति नभएपछि अडानी समूह ब्याक भएको हो ।

विद्युत उत्पादन कम्पनीले १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुणमा लगानी जुटाउन प्रस्ताव मागेको छ । कम्पनीले आइतबार सूचना निकालेर यी दुवै परियोजनामा वित्तीय प्रस्ताव मागेको हो ।  

कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न खोजेको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको छ । १५ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ । पुस ८ गते प्रस्ताव खोलिनेछ । सूचनामा नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनीले आवेदन दिन सक्ने उल्लेख छ ।

विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखत बहादुर शाहीले स्वदेशी कम्पनीले लगानी गरुन् भन्ने मनाशायका साथ सूचना निकालिएको बताए ।

उनका अनुसार कुनै विदेशी कम्पनीलाई परियोजनाको ५१ प्रतिशत सेयर बेच्न लागिएको होइन । ‘अहिले हामीले स्वदेशी लगानी आउन सक्छ कि सक्दैन भनेर सूचना निकालेका हौं । यदि कुनै कम्पनी सक्षम भए, त्यसमा लगानी हुन्छ । हामी अघि बढ्छौं । यदि नभए बाहिरबाट पनि लगानी ल्याउनुपर्ने हुन सक्छ,’ शाहीले भने, ‘फुकोट कर्णाली भारतीय कम्पनीले पाउँदा मुद्दा पर्‍यो । स्वदेशीले बनाउन सक्ने परियोजना विदेशीलाई दिएको भन्दै मुद्दा परेको छ । भोली त्यस्तो परिस्थिति नआओस् भनेर स्वदेशीका लागि सूचना निकालेका हौं ।’

शाहीकाअनुसार भारतीय कम्पनी एनएचपीसीले पाएको फुकोट कर्णाली मुद्दा परेका कारण रोकिएको छ । त्यस्तो मुद्दा नपरोस् भन्नका लागि स्वदेशी लगानी आह्वान गरिएको हो ।

कम्पनीले लगानी साझेदारी कार्यविधि २०८१ ल्याएर दुबै परियोजनामा लगानी जुटाउन प्रस्ताव आह्वान गरेको हो । यो कार्यविधिमा लगानी साझेदारी नेपाली वा नेपाली नागरिक मात्रै प्रवर्द्धक रहेको कम्पनीले प्रस्ताव गर्न सक्ने उल्लेख छ ।

पहिलो चरणको प्रस्ताव दुई पटक आह्वान गर्दा समेत योग्य प्रस्ताव छनोट हुन नसकेमा कम्पनीले विदेशी लगानीकर्ता वा विदेशी लगानीकर्ता भएको सयुक्त उपक्रम (जेभी) बाट दोस्रो चरणको प्रस्ताव आह्वान गर्नुपर्ने उल्लेख छ ।

फोटो: बिजनेश टुडे इन्डिया

स्रोतका अनुसार साढे ५ खर्ब रुपैयाँ बढीको परियोजनामा स्वदेशी लगानी आउने सम्भावना न्युन छ । सोही कारण विदेशी कम्पनीहरुलाई दिन लागि कार्यविधि नै संशोधन गरेर प्रस्ताव मागिएको  हो ।

मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ६२९१.८ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।

सम्भाव्यता अध्ययनले यो परियोजना निर्माणका लागि १० वर्ष लाग्ने उल्लेख गरेको छ । भुमिगत विद्युत गृह निर्माण हुनेछ । ७.७ पिकिङ दिन सक्ने परियोजना हो । नेपालमा अध्ययन भइरहेको सबैभन्दा ठूलो परियोजना यहि हो । यो आयोजनाको १० प्रतिशत इन्टर्नल रेट अफ रिटर्न छ ।  

किमाथांका अरुणमा पावर चाइना इच्छुक

४५४ मेगावाटको  किमाथांका अरुणमा चिनियाँ कम्पनी पावर चाइनाले लगानी गर्न इच्छा देखाइरहेको छ । २/३ वर्षदेखि निरन्त लबिईङमा पावर चाइना छ । चिनियाँ सीमा नजिकको परियोजना भएकाले चीनबाहेकका कम्पनीलाई दिन अप्ठ्यारो अवस्था समेत छ । नेपालले आफैं लगानी गर्न सक्ने अवस्थाबाहेक चिनियाँ कम्पनीलाई दिदाँ उपयुक्त हुने निष्कर्ष निकालिएको छ । किमाथांका अरुणको सम्भाव्यता अध्ययन भएको छ ।

किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

आयोजना संखुवासभाको भोट खोला गाउँपालिका-२ मा निर्माण हुनेछ । यो आयोजनाको परामर्शदाता नेपाल विद्युत प्राधिकरणको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेड हो । विस्तृत अध्ययन पूरा भइसकेको छ । यसका लागि ९३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार यो जलविद्युत आयोजनाको इन्टर्नल रेट अफ रिटर्न १३.५८ प्रतिशत रहेको छ । रिटर्न अन इक्विटी (आरओई) १६.८२ प्रतिशत छ । प्रतिकिलोवाट लागत २ लाख ६ हजार ६०८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार ००:००  १ : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping