![](https://internal.appharu.com/wp-content/uploads/2024/06/sarkari-dhukuti.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार तिनै तहको सरकारको खातामा जम्मा नगद मौज्दात रकम २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार असार मसान्तमा ९१ अर्ब ७८ करोड रुपैयाँ रहेको नगद मौज्दात ४ महिनामा १ खर्ब २२ अर्ब रुपैयाँले बढेर २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो ।
गत वर्ष कात्तिक मसान्तमा तिनै तहका सरकारको खातामा १ खर्ब ३८ अर्ब नगत मौज्दात थियो भने कार्त्तिक मसान्तमा संघीय सरकारसँग ३० अर्ब १० करोड नगद मौज्दात जम्मा थियो ।
अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी खर्चको आवश्यकता भन्दा पनि ऋण निष्कासन योजना अनुसार मात्रै आन्तरिक ऋण उठाउँदा सरकारसँग भएको नगद मौज्दात बढेको हो । खर्चको अवस्था नहेरी आन्तरिक ऋण लिएर नगद मौज्दात बढाउँदा सरकारले ब्याज खर्च दायित्व मात्रै बढेको छ ।
गत वर्ष ४ महिनामा ९९ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक र १० अर्ब १० करोड रुपैयाँ वैदेशिक ऋण लिएको सरकारले चालू आर्थिक वर्षको सोही अवधीमा १ खर्ब ४३ अर्ब रुपैयाँ आन्तरिक ऋण र १५ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक ऋण लिएको छ । यो वर्ष ४ महिनामा गत वर्ष भन्दा सरकारले ४५.८७ प्रतिशत ऋण लिएको छ ।
४ महिनामा सरकारले गत वर्ष भन्दा करिब ४६ प्रतिशतबढी ऋण लिँदा सोही अवधीमा गत वर्ष भन्दा १८.९५ प्रतिशत मात्रै खर्च बढाएको छ । गत वर्ष असार कात्तिक मसान्तसम्म ३ खर्ब ४३ अर्ब रुपैयाँ खर्च गरेको सरकारले चालू आर्थिक वर्षको सोही अवधीमा ४ खर्ब ८ अर्ब रुपैयाँ खर्च गरेको छ ।
चालू आर्थिक वर्षको ४ महिनामा २ अर्ब ८७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले ५ अर्ब ९७ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ । यस्तै, लगानी फिर्ताबाट सरकारले २ अर्ब ९७ करोड रुपैयाँ जुटाएको छ ।
संघीय सरकारले ऋण लिँदै खर्च बढाउँदा गत आर्थिक वर्षको असार मसान्तमा ४३ अर्ब १९ करोड रुपैयाँले नगद मौज्दात नोक्सानमा रहेको संघीय सरकारको अवस्थामा ४५ अर्ब ८६ करोडले नगद मौज्दात बचतमा छ ।
राष्ट्र बैंकका अनुसनर सातै प्रदेशसरकारसँग २९ अर्ब ८० करोड रुपैयाँ नगद मौज्दात छ । ७५३ सरकारसँग १ खर्ब २२ अर्ब रुपैयाँ नगद मौज्दात छ । यस्तै, सरकारका विभिन्न कोषमा १६ अर्ब १३ रुपैयाँ जम्मा छ ।
SHARE YOUR THOUGHTS