बीएण्डबी अस्पतालको व्यापार ५ वर्षमै दोब्बर बढी, १ अर्ब ऋणको रेटिङ « Eglish Khabarhub

बीएण्डबी अस्पतालको व्यापार ५ वर्षमै दोब्बर बढी, १ अर्ब ऋणको रेटिङ

फार्मेसीले बढायो बी एन्ड बीको व्यापार, आधा आम्दानी हाडजोर्नी उपचारबाट



काठमाडौं । डाक्टरहरुले मिलेर खोलेको अस्पताल बीएण्डबी अस्पतालले १ वर्षमै १ अर्ब ९६ अर्बको व्यापार गरेको छ । ललितपुरको ग्वार्कोमा अवस्थित ३ सय शैयाको बीएण्डबीले गत आवको तुलनामा ५३ करोड बढीको व्यापार गरेको हो ।

३० वर्षअघि अर्थात् सन् १९९४ मा प्रा. डा. जगदिश लाल वैद्य र डा. अशोक कुमार बास्कोटाले हाडजोर्नी तथा मुत्ररोग सम्बन्धि उपचारका लागि बी एन्ड बी अस्पतालको स्थापना गरेका थिए । त्यसयता अस्पतालको सेवा विशेषज्ञता कार्डियोलोजी, न्युरोलोजी, अन्कोलोजी लगायतसम्म विस्तार भएको छ ।

५ वर्षअघि सन् २०२० मा ८६ करोडको मात्र व्यापार गरेको अस्पतालले गत आवमा करिब २ अर्बको अर्थात् २.३ गुणा बढी व्यापार गरेको हो।

यसैगरी सन् २०२१ मा अस्पतालले ९५ करोड, २०२२ मा १ अर्ब ३३ करोड र २०२३ मा १ अर्ब ४३ करोडको व्यापार गरेको थियो ।

अस्पतालको व्यापारमात्र नभएर प्रोफिट मार्जिन पनि निरन्तर बढिरहेको छ । सन् २०२० मा कुल सञ्चालन आम्दानीको १० प्रतिशतमात्र सञ्चालन नाफा हुने गर्दथ्यो । त्यसपछिका ३ वर्षमा १५, १५ र १९ प्रतिशत ब्याज, कर र डिप्रिसिएसनअघिको नाफा हुने गरेकामा गत वर्ष यस्तो मार्जिन २३ प्रतिशत पुगेको छ ।

अस्पतालको ऋणको मात्रा पनि निकै कम छ । गत आवको अन्त्यसम्म यस्तो ऋण सञ्चालन नाफाको २.३ गुणामात्र छ ।

एक वर्षमा व्यापार ३७ गुणाले बढ्नुको कारण अस्पतालले नयाँ आम्दानीको क्षेत्र पहिल्याउनु हो । जस्तै फार्मेसीले अस्पतालको कुल आम्दानीमा १६ प्रतिशत योगदान गरेको छ । यसको अर्थ हुन्छ, एक वर्षमा अस्पतालको फार्मेसीबाट ३२ करोड आम्दानी भएको छ । वर्षदिनमा कुल व्यापार ५३ करोडले बढ्दा ३२ करोड हिस्सा फार्मेसीको देखिएको हो । फार्मेसीले आम्दानी वृद्धि, व्यापारको विविधीकरण र मुनाफा बढ्न योगदान गरेको संकेत दिन्छ । साथै अस्पतालले ओक्युपेन्सी स्तर, बिरामी संख्या र प्रति बिरामी आम्दानी बढ्दै गएको पनि बताएको छ । हालै भएको क्षमता विस्तार पछि अस्पतालको व्यापार बढेको हो ।

तर, अस्पताललाई तरलताको भने सकस छ । अस्पतालले नयाँ सेवा दिएपछि कुल आम्दानीको आधा हिस्सा अर्थोपेडिक्स सेवाले ओगटेको छ । यस्तै अस्पतालको शीर्ष ५ डाक्टरले कुल आम्दानीको २४ प्रतिशत हिस्सा ओगट्छन् ।

यता काठमाडौं अस्पतालमा पछिल्लो समय खुलेका ठूला र बहुविशेषज्ञतासहित अस्पतालका कारण बीएनन्डीको प्रतिस्पर्धा क्षमतामा ह्रास आउने जोखिम छ ।

यस्तो अस्तालले हालैमात्र १ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । अस्पतालले अल्पालका लागि साढे ५ करोड र दीर्घकालका लागि ९४ करोड ९० लाख ऋणका लागि रेटिङ गराएको हो ।

रेटिङ एजेन्सी इक्राले अल्पकालीन ऋणका लागि एथ्री रेटिङ दिएको छ भने दीर्घकालीन ऋणका लागि एल ट्रिपल बी माइनस रेटिङ दिएको छ । बीएण्डबीले पाएको रेटिङ यसअघिको भन्दा राम्रो हो ।

यो रेटिङअनुसार बीएण्डबीले लगानी तथा सेवा विस्तार गर्न खोजेको देखिन्छ ।

Publish on: