न्यारो र वाइडबडी पालैपालो थन्किँदा ४ महिनामा ३९%ले घट्यो निगमको आम्दानी, ३ अर्बमा खुम्चियो कमाइ « Eglish Khabarhub

न्यारो र वाइडबडी पालैपालो थन्किँदा ४ महिनामा ३९%ले घट्यो निगमको आम्दानी, ३ अर्बमा खुम्चियो कमाइ


२ पुस २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी र वाइडबडी नामक अन्तर्राष्ट्रिय उडानका चारवटा जहाजमध्ये दुइवटा जहाज पालैपालो थन्कदा चार महिनामा ३९ प्रतिशतले आम्दानी गुमेको छ ।

निगमको ५ अर्बको वार्षिक आम्दानी अघिल्लो वर्षको तुलनामा यो वर्षको चार महिनामै ३ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउन–कात्तिक)मा डेढ लाख यात्रु बोकेर ३ अर्ब रुपैयाँ कमाउँदासमेत वायुसेवा निगमको आम्दानी उल्लेख्य रुपमा घटेको देखिएको छ । निगमले पछिल्लो चार महिनामा १ लाख ५९ हजार ४६१ यात्रुलाई अन्तर्राष्ट्रिय उडानको सेवा दिँदा यसबाट भएको आम्दानी ३ अर्ब १६ करोड ८१ लाख रुपैयाँ मात्रै छ ।

निगमले गरेको यस्तो आम्दानी गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ३९.५७ प्रतिशतले कम हो । निगमले गत वर्षको पहिलो चार महिनामा २ लाख ४ हजार ७६३ यात्रुलाई सेवा दिँदा ५ अर्ब २३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी यो वर्ष २ अर्ब रुपैयाँभन्दा बढीले घटेको छ।

आम्दानी घट्नुको प्रमुख कारण नै वायुसेवा निगमले दिने यात्रु सेवामा कमी आउनु हो । निगमले अघिल्लो वर्षको पहिलो चौमासको तुलनामा यो वर्षको सोही अवधिमा ४५ हजार कम यात्रुलाई सेवा दिएको छ ।

निगमको जहाज चालु आर्थिक वर्षको पहिलो चार महिनामा न्यारोबडी र वाइडबडी पालैपालो सिचेकमा गएको र त्यो बेला अन्तर्राष्ट्रिय उडानका चारवटा जहाजमध्ये सबै सँगै उडान गर्न नपाउँदा यात्रु क्षमता र आम्दानी दुबै घट्न पुगेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

उनकाअनुसार जहाज उडाएर लाभ लिनुपर्ने जहाज मर्मतमा गएको कारण यो वर्ष गत वर्षकोभन्दा कम आम्दानी भएको हो । यो वर्ष एउटा न्यारोवडी जहाज सिचेकमा गएर नफर्कँदै अर्को जहाज पनि गएको थियो ।

एउटा वाइडबडी निगमले एक महिनाका लागि जहाजको सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको ८३ दिनपछि (३ मंसिर)मा मात्रै काठमाडौं फर्किएको थियो । निगमको ए३३०–२०० सिरिजको ९एन एएलजेड (मकालु) नामक उक्त वाइडबडी जहाज झन्डै तीन महिनासम्म मर्मतमा गएर बसेकोले यसको प्रभाव निगमको चालु आवको पहिलो त्रैमासको आम्दानीमा परेको हो ।

यसअघि निगमको एउटा न्यारोबडी ए३३०–२०० सिरिजको ९एन एएलजेड जहाज पनि २७ कात्तिक (१२ नोभेम्बर)मा मात्रै मर्मतबाट फर्किएको थियो । उक्त जहाज पनि असार ८ मा मर्मतमा गएर ८० दिनपछि मात्रै फर्किएको थियो ।

निगमको जहाज उडाएर लाभ दिनसक्ने न्यारोबडी र वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनुको प्रत्यक्ष असर आम्दानीमा परेको वायुसेवा निगमले जनाएको छ ।

वायुसेवा निगम नेतृत्वले गरेको कमजोरीका कारण एकातिर यात्रुसेवाबाट बञ्चित हुनुपर्यो भने अर्कोतिर आम्दानीसँगै निगमको शाखापनि घटेको छ ।

एमआरओ छनोटमा त्रुटिपूर्ण हुँदा निगमलाई ठूलो नोक्सानी

इटालियन कम्पनीलाई जहाजको इन्जिनबाहेकको सम्पूर्ण मर्मत गर्ने काम सिचेकका लागि एमआरओ छनोटमा भएको त्रुटीले निगमले ठूलो नोक्सानी व्यहोर्नुपरेको हो । निगमले समेत इटालियन कम्पनीलाई एमआरओको जिम्मा दिनु गल्ती भएको स्वीकार गर्दै ढिलो गरेर मर्मत गर्दा लागेको घाटाको क्षतिपूर्ति माग्ने भन्यो । तर, विडम्बना निगमको जहाज दिन ढिलो गरेकोमा क्षतिपूर्ति दिनु त कता हो कता उल्टै अर्को जहाजलाई समेत लगेर करिब ३ महिना थन्काएर पठाइदियो ।

यसअघि नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा वायुसेवा निगमको कामकारबाहीका सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले समेत निगमले एमआरो छनोट गर्नु नै गलत भएको भन्दै प्रश्न उठाएको छ।

निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन नियमका प्रावधानहरू पूर्ण रूपमा पालना नगरी एमआरओ छनोट गरेको भन्दै सरकारी समितिले प्रश्न उठाउँदा निगमले भने अहिलेम्म एमआरओको विषयमा केही प्रतिकृया नै दिएको छैन । प्रतिवदेनका सिफारिस तथा सुझावहरू खण्डको ‘ख’ मा ‘इटालीको एटिटेकसँग गरिएको ठेक्का प्रक्रिया त्रुटिपूर्ण देखिएको हुँदा त्रुटि सच्याउन विद्यमान प्रावधानबमोजिमको प्रक्रिया अवलम्बन गर्न मनासिव देखिएको’ भन्ने व्यवस्था उल्लेख छ ।

निगमले भने प्रतिस्पर्धाबाटै छानेको कम्पनी भएको दाबी गरेको छ । यसअघि गत असारमा वाइडबडी मर्मतमा पठाउँदासमेत निगमले नियामक निकायको स्वीकृति निदएको भन्ने विषयमा विवाद भएको थियो । उक्त एमआरओ मर्मत गर्न जाने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै जहाज मर्मत हुन थालेको हो ।

वायुसेवा निगमसँग हाल अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज छन् । तीमध्ये दुइवटा न्यारोबडी र दुईवटा वाइडबडी छन् । आन्तरिक उडानमा भने एउटा जहाज थन्किएकोले एउटाले मात्रै सेवा दिइरहेको छ । आन्तरिक उडानमा जहाज संख्या कम भएकैले निगमको आन्तरिक उडानको उपस्थिति निकै कमजोर छ।

अन्तर्राष्ट्रिय उडानमा पनि निगमले विदेशी वायुसेवासँग प्रतिस्पर्धा गर्न सकेको छैन। जहाजको सख्ंया थोरै भएको, नाफामूलक र लामो दूरीमा यात्र गर्न नपाउँदा यसले अपेक्षा अनुसारको गति लिन नपाएको गुनासो निगमले गर्दै आएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार ००:००  १० : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping