२६ सय सहकारीले स्वरोजगार कोषबाट लगे साढे १२ अर्ब ऋण, काठमाडौंमै ६४ करोड (सूचीसहित) « Eglish Khabarhub

२६ सय सहकारीले स्वरोजगार कोषबाट लगे साढे १२ अर्ब ऋण, काठमाडौंमै ६४ करोड (सूचीसहित)


२५ पुस २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले देशभरका २ हजार ६५० सहकारी संस्था मार्फत १२ अर्ब ४५ करोड ५० लाख ८५ हजार रुपैयाँ सहुलियतपूर्ण थोक कर्जा प्रवाह गरेको छ ।

देशभरका सहकारीमार्फत उक्त रकमको थोक कर्जा प्रवाह हुँदा काठमाडौंका जिल्ला कार्यक्षेत्र भएका १४२ वटा सहकारी संस्थामार्फत ६४ करोड ३९ लाख ५५ हजार रुपैयाँ सहुलियतपूर्ण थोक कर्जा निकासा भएको हो ।

देशभरका सहकारीमार्फत दिएको थोक कर्जाको ५.१७ प्रतिशत काठमाडौं जिल्लाका सहकारी मार्फत प्रवाह भएको कोषले जनाएको छ । कोषले १४२ वटा सहकारीमार्फत १५३ पटक ६४ करोड ३९ लाख ५५ हजार रुपैयाँ थोक कर्जा प्रवाह गरेको छ ।

कोषका अनुसार १४२ वटा सहकारीलाई ७८ करोड १७ लाख रुपैयाँ थोक कर्जा प्रवाहका लागि सम्झौता भएको थियो । सम्झौता भएको रकम तीन किस्तामा दिने गरेको कोषले जनाएको छ । जसमा पहिलो किस्ता बापत ३५ करोड ४० लाख १० हजार रुपैयाँ सम्झौताअनुसार निकासा गरिसकेको जनाएको छ ।

यस्तै दोस्रो किस्ता बापत २५ करोड ८५ हजार र तेस्रो किस्ता बापत ३ करोड ९८ लाख ६० हजार रुपैयाँ थोक कर्जाका लागि निकासा गरेको छ ।

केही सहकारीले कोषमार्फत तीन पटकसम्म कर्जा लिएर ऋणीलाई प्रवाह गरेका छन् । हिलटप जुनार बहुउद्देश्यी सहकारी संस्थाले तीन पटक पैसा लिएको छ । तीन पटकमा हिलटप जुनारले १ करोड ६२ लाख रुपैयाँ कर्जा लिएको छ । सहकारीले कोषसँग गरेको सम्झौता अनुसारको पैसा पाएको छ ।

केही सहकारीले कोषबाट दुई पटक पैसा लिएर कर्जा प्रवाह गरेका छन् । दुई पटक पैसा लिने सहकारीमा बहुआयामिक कृषि बचत तथा ऋण सहकारी, उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी, पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी, आयाम बचत तथा ऋण सहकारी, परिश्रमी बचत तथा ऋण सहकारी, थानकोट महिला जागर बचत तथा ऋण सहकारी, महिलाश्री बचत तथा ऋण सहकारी, सेतो गणेश बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

कोषले सहकारी संस्थाहरुलाई वार्षिक ४ प्रतिशतमा कर्जा लगानी गर्छ । विपन्न वर्ग कर्जाका लागि बैंक तथा वित्तीय संस्थाबाट सापटी लिँदा भने ३.५ प्रतिशत ब्याज तिर्छ ।

बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरुले कोषको उद्देश्य अनुसार व्यक्तिहरुलाई वार्षिक ८ प्रतिशत भन्दा नबढ्ने गरी लगानी गर्नेछन् । बैंक, वित्तीय संस्था तथा सहकारी संस्था र कर्जाग्राहीको बीच भएको सम्झौता अनुसार कर्जाग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि मात्र बुझाएको ब्याजको ६० प्रतिशतले हुन आउने रकम कोषले सम्बन्धित ऋणीलाई अनुदान स्वरुप उपलब्ध गराउने व्यवस्था छ ।

आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपांगता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरीब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवा तथा परम्परागत सीप भएका जात जातिहरुलाई व्यवसायिक खेती, पशुपंक्षीपालन, कृषिजन्य उद्योग वा सेवामुलक स्वरोजगार कार्यक्रम संचालन गर्न सहुलीयत ब्याजदरमा प्रति व्यक्ति २ लाख रुपैयाँसम्म आवधिक ऋण उपलब्ध गराउने गरेको छ । कोषले सहकारीमार्फत २ लाख रुपैयाँसम्म कर्जा बिना धितो दिने गरेको छ । सामूहिक लगानी गर्न चाहनेलाई १५ लाखसम्म कर्जा दिने गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार ००:००  १० : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping