काठमाडौं । प्रविधिको विकास कसरी भइरहेको छ भन्ने त हामीले भोगेकै विषय हो । यसमा हामी सबै जानकार छौं ।
साथै, आर्टिफिसियल इन्टेलिजेन्स भनिने रोबर्टबारे पनि हामीले समाचारमा पढेकै छौं । मानिस जस्तै बोल्ने रोबर्ट सोफियाको समाचार पढेको धेरै भएको छैन । साथै, नेपालमा पनि रेष्टुराँमा रोबर्टले वेटरको काम गरेको हामीले भोगेकै हो ।
यसैबीच रोबर्टले कर्मचारी नियुक्तीका लागि अन्तर्वार्ता लिएको समाचार अहिले बाहिर आएको छ । फेडरल बैंकमा नयाँ कर्मचारी नियुक्तीका लागि फेडरिक्रुट नामक रोबर्टले अन्तर्वार्ता लिएको छ ।
बैंक घरेलु बैंकिङको क्षेत्रमा पहिलो बैंक बनेको छ । जसले नयाँ कर्मचारी नियुक्तीका लागि एचआरको ठाउँ ओगटेको छ ।
रोवर्टले अन्तर्वार्तामा विभिन्न विधीबाट मानिसको परीक्षण गर्छ । जसले ३६० डिग्रीमा मानिसको क्षमताको मूल्यांकन गर्नेछ । जसमा विभिन्न विधिद्वारा अंक दिइन्छ । जसमा साइकोमेट्रिक र गेम बेस्ड परीक्षण रोबर्टले लिनेछ ।
बैंकले एचआर चिफका अनुसार रोबटिक्स अन्तर्वार्तामा मानिसको व्यक्तित्व जान्नका लागि सहज हुनेछ । भर्चुअल फेस टु फेस अन्तर्वार्तामा भिडियोका माध्यमबाट भएको थियो ।- एजेन्सी
SHARE YOUR THOUGHTS