साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २८% लाभांश दिने « Eglish Khabarhub

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २८% लाभांश दिने



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयर लगानीकर्ताहरुलाई २८.६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

संस्थाको शनिबार बसेको सञ्चालक समितिको ३६१ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट २८.६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोसन सेयर २७.२५ र त्यसको कर प्रयोजनको लागि १.४३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकको अनुमित र संस्थाको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

Publish on: