काठमाडौं । कुमारी बैंकले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन मोबाइल बैंकिङमा आकर्षक योजना सार्वजनिक गरेको छ ।
नगर रहित कारोबार एवं नविनतम प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्र्ने उदेश्यले उक्त योजना ल्याएको बैंकले जनाएको छ ।
कुमारी बैंकको १०० मा १०० योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकलाई लागू हुनेछ । यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो पटक कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ ।
त्यसैगरी स्क्यान एन्ड पे योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्युआरकोड स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना फाल्गुन १७ गतेसम्म लागू हुनेछ ।
कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै: पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ ।
SHARE YOUR THOUGHTS