मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालक्ष्मी विकास बैंकका विभिन्न शाखाद्वारा पानी ट्याङकी सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकका निजगढ र बानेश्वर शाखाले पानी ट्याङकी वितरण गरेका छन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शाखाहरुले ट्याङकी वितरण गरेको बैंकले जनाएको छ ।

निजगढ शाखाले निजगढ नगरपालिकास्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बामा अध्ययनरत विद्यार्थीहरु साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने हेतुले गुम्वा व्यवस्थापन समितिका अध्यक्ष्य भिम बहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।

त्यसैगरी बानेश्वर शाखाले बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो ।