२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक, कहाँ दिने आवेदन ? « Eglish Khabarhub

२० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक, कहाँ दिने आवेदन ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र २०८१ जारी गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्र पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने छ । उक्त अवधिमा इच्छुक वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुलाई आवेदन दिन आग्रह गरिएको छ ।

उक्त बचतपत्र खरिद गर्दा १० प्रतिशत ब्याज पाइने छ । उक्त ब्याज ६/६ महिनामा भुक्तानी हुने छ भने ५ वर्षमा साँवा भुक्तानी हुने छ । यो ऋणपत्र लिँदा चाहेको समयमा बिक्री गर्न वा धितो खारी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत सकिने छ ।

यो बचतपत्र खरिद गर्ने व्यक्ति मुलुक बाहिर रोजगारीमा रहेको वा नेपाल फर्केको ४ महिना नपुगेको हुनुपर्ने छ । विदेशमा हुनेले बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने छ ।

उक्त बचतपत्र खरिद गर्नको लागि आवेदन दिन चाहनेले ८ वटा वाणिज्य बैंक र दुई वटा मनि ट्रान्सफरबाट दिन सकिन्छ । आवेदन दिनको लागि सिटिजन्स बैंक कमलादी, नबिल बैंक तिनधारा दरबारमार्ग, माछापुच्छे« बैंक लाजिम्पाट, प्रभु बैंक अनामनगर, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरबाट आवेदन दिन सकिन्छ ।

Publish on: