उखु किसानको पैसा नदिने व्यापारीलाई पक्रन गृह मन्त्रालयको निर्देशन « Eglish Khabarhub

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्रन गृह मन्त्रालयको निर्देशन




काठमाडौँ — गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिँदै किसानको पैसा नतिर्ने व्यापारीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो।

उखु किसानहरुले व्यापारीबाछ १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । उद्योगले दुईदेखि पाँच वर्षसम्मको भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले जानकारी दिएका छन् ।

पैसा नपाएपछि अहिलेक उखुँ किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

Publish on: