साढे ७ हजार केजी सूर्ती लिलामी गर्दै त्रिभुवन विमानस्थल भन्सार « Eglish Khabarhub

साढे ७ हजार केजी सूर्ती लिलामी गर्दै त्रिभुवन विमानस्थल भन्सार



काठमाडौं । नेपालका भन्सार कार्यालयले के कस्ता सामान लिलामी गर्लान् ? तपाईको सहज उत्तर आउन सक्छ । अत्याश्यक सामग्री त लिलामी गर्ला नी । तर यसपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुर्ती तथा सुर्तीजन्य पदार्थको लिलामी गर्न लागेको छ ।

देशिक रोजगारीमा जाने युवाले आफ्नो दैनिक उपभोगका लागि विदेश लैजान खोजेका सूर्ती तथा सुर्तीजन्य पदार्थ भन्सार कार्यालय वा विमानस्थलको सुरक्षाकर्मीले पक्राउ गरेको सुर्तीजन्य पदार्थको लिलामी गर्न लागेको जनाएको छ । भन्सार कार्यालयले आवश्यक कारबाहीका लागि दाखिला हुन आएका आव २०७५/७६, २०७६/७७ मा नियन्त्रणमा लिएका कूल ७ हजार ५८५ केजी सुर्तीजन्य पदार्थ लिलामी गर्न लागिएको हो ।

उक्त परिमाणको मूल्य ४४ लाख ३७ हजार २२५ बराबरको सुर्ती लिलामी गर्न लागिएको हो । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

Publish on: