काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबारको तुलनामा २२ सय रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ८० हजार ५०० रुपैयाँ पुगेको हो ।
मंगलबार बजारमा सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८० हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।
चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनसँगको व्यापार ठप्प हुँदा विश्वअर्थतन्त्रमा असर परेको छ । जसका कारण लगानीकर्ताहरु सुनमा आकर्षित भएकाले मूल्य बढेको जानकारहरुको भनाइ छ ।
SHARE YOUR THOUGHTS