मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेक्युरिटी प्रेस खरिदको प्रक्रिया रद्द गर्न लेखा समितिको निर्देशन


काठमाडौं । लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पूर्ण प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले सबै प्रक्रिया रद्द गरेर ग्लोबल टेण्डर प्रक्रियाबाट खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको हो । समितिले भष्ट्रचार भएको विषयमा छानबिन गर्न अख्तियारलाई समेत निर्देशन दिएको छ ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसनको बार्गेनिङ गरेको गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको थियो । त्यसपछि उनले संचारमन्त्री पदबाट राजीनामा दिए ।