काठमाडौं । के एल दुगड समुहद्वारा मोरङको बुढीगंगा गाउँपालिकाका ४५० परिवारलाई कोभिड १९ महामारीले निम्त्याएको संकटको बेलामा राहत सामाग्री वितरण गरेको छ । बुढीगंगा गाउँपालिका–५ को सहकार्यमा वडा नम्बर ४ समेत गरी ४५० परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको छ ।
उक्त समुहले १० किलो चामल, २ किलो आटा, दाल १ किलो, आलु २ किलो, खाने तेल १ लिटर, नुन १ किलो गरी कुल १६ किलो फेमिली प्याक बनाएर वितरण गरेको थिए ।
समुहका विराटनगर स्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब असहायहरु पहिचान गरी खाद्य सामाग्री वितरण गरेको छन् । समुहले मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने बताए ।
समुहले चितवनको राप्ती नगरपालिका (भन्डारा र खैरहनी नगरपालिका) पर्सामा पनि प्रति नगरपालिका १५० परिवारको दरले ३०० परिवारको लागि खाद्यान्न सामाग्री बितरण गरेको छ । यस्तै रत्ननगर नगरपालिका (टाडिमा भोली बैशाख २ गते १५० परिवारलाई खाद्य सामाग्री बितरण कार्य रहेको के एल दुगड समुहले जनाएको छ ।
समुहले १ हप्ता अगाडि बाके जिल्लाको नेपालगञ्ज, कोहलपुर क्षेत्रमा पनि ४५० परिवारलाई प्िरत परिवार १५ केजीका दरले खाद्यान्न सामाग्री बितरण गरेको थियो । यस कोरोना महामारीको निमत्याएको संकटको बेला समुहले १३५० परिवारलाई खाद्यान्न तथा राहत सामाग्री बितरण गरिसकेको र थप बितरण कार्य जारी रहेको कम्पनीले जनाएको छ ।
SHARE YOUR THOUGHTS