काठमाडौं । धुलिखेलमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार संक्रमित व्यक्ति बाँके जिल्ला नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ वर्षे पुरुष हुन् । प्राप्त विवरण अनुसार हाल उनको स्वास्थ्य सामान्य अवस्थामा छ ।
योसँगै नेपालमा कुल संख्या २१८ पुगेको छ । मंगलबार मात्रै ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म ३३ जना उपचारपछि निको भएका छन् ।
धुलिखेल अस्पतालका डा. सुमन ताम्रकारका अनुसार नेपालगञ्जबाट ल्याइएको स्वाव धुलिखेल अस्पतालमा परीक्षण गरिएको हो ।
यसअघि धुलिखेलमा परीक्षण गरिएको हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ-सम्पादक
SHARE YOUR THOUGHTS