काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको सयुक्त बैठकमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सम्बोधनको भाषा फेरिएको छ ।
बर्षौंपछि संसदमा राजाको झल्को, राष्ट्रपति भण्डारीले पनि राजाले झैं मेरो सरकार भनेपछि…
अघिल्लो वर्ष मेरो सरकार भन्दै नीति तथा कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गरेकी थिइन् । यो पटक भने यो सरकार उल्लेख छ ।
मेरो सरकार भन्ने शब्द राजतन्त्र भएको बेला राजाले प्रयोग गरेको र गणतन्त्र आएपछि त्यो शब्द नीति तथा कार्यक्रममा उल्लेख भएको थिएन । गतवर्ष भने नीति तथा कार्यक्रममा मेरोे सरकार भन्ने शब्द भएपनि यसमा आलोचना भएको थियो ।
SHARE YOUR THOUGHTS