जेठ ३२ सम्म लकडाउन बढाउने मन्त्रीपरिषद्को निर्णय « Eglish Khabarhub

जेठ ३२ सम्म लकडाउन बढाउने मन्त्रीपरिषद्को निर्णय



काठमाडौं । सरकारले लकडाउनको समय जेठ ३२ सम्म बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप गर्ने निर्णय गरेको हो । पछिल्लो समय थपिएको लकडाउनको समय सिमा जेठ २० गते सकिने थियो ।

नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि चैत ११ देखि लकडाउन घोषणा गरिएको छ ।

Publish on: