काठमाडौं । लकडाउनको समयमा घटेको तेलको मूल्य लकडाउन खुकुलो भएपछि बढेको छ ।
मंगलबार नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४.७७ पैसा, डिजलमा प्रतिलिटर ५.८० रुपैयाँले बढेकाले साबिकको मूल्यमा ५ रुपैयाँका दरले बढाउने निर्णय गरेको छ ।
त्यसैगरी मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ । निगमका अनुसार अब पेट्रोलको मूल्य १०१ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया