सुनको मूल्य अहिलेसम्म कै उच्च, तोलाकै ९१ हजार ७ सय « Eglish Khabarhub

सुनको मूल्य अहिलेसम्म कै उच्च, तोलाकै ९१ हजार ७ सय



काठमाडौ । सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ । पछिल्लोसमय लगातार बढिरहेको सुनको मुल्य बुधबार ९१ हजार ७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लकडाउनको करिब अढाइ महिना पछि पुनः सुनको मुल्य सार्वजनिक गरिएसँगै सुनको लगातार बढिरहेको छ । छापावाला सुनको मूल्य बुधबार एकैदिन तोलामा ५ सय रुपैयाँ बढेको हो । मंगलबार छापावाला सुनको मूल्य महासंघले ९१ हजार ३ सय रुपैयाँ तोकेको थियो ।

यसैगरी, बुधबार तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँ र चाँदी प्रतितोला ९६० रुपैयाँ मुल्य निर्धारण गरिएको छ ।

Publish on: