काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसरी हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार हालसम्म उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ५ हजार ३२० जना पुगेको छ । जसमा पछिल्लो २४ घण्टामा मात्रै ६६४ जना उपचारपछि निको भएका छन् ।
हाल आइसोलेसनमा ९ हजार १६८ कोरोना संक्रमित छन् भने क्वारेन्टिनमा ३८ हजार १०९ जना छन् । हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३१ छ ।
SHARE YOUR THOUGHTS