काठमाडौं । यो बर्ष कक्षा ११ का विद्यार्थीहरुले आन्तरिक मुल्यांकनको आधारमा प्रमाणपत्र पाउने भएका छन् ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले परीक्षा नगराई आन्तरिक मुल्यांकनको आधारमा प्रमाणपत्र दिइने निर्णय गरेको हो ।
परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन ।
शुक्रबार बसेको परिषद्को बैकठले आन्तरिक मुल्यांकनसम्बन्धी कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिएको थियो ।
बोर्डले कार्यविधि बनाएपछि सम्बन्धित विद्यालयले विद्यार्थीलाई अंक प्रदान गर्ने जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS