काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ६ गतेबाट लागू हुनेगरी बेसरेट ८.०५ प्रतिशत र स्प्रेडदर ३.५९ प्रतिशत निर्धारण गरेर कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले कर्जातर्फ न्यूनतम ९.३ प्रतिशतदेखि अधिकतम १३.०५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले हाल २६ प्रकारका कर्जाका प्रडक्टहरु सञ्चालन गरिरहेको छ ।
जसमध्ये ३ वर्षसम्मको ट्रम लोन १३.०५ प्रतिशतसम्म, घर कर्जा र सवारी कर्जा १०.५५ प्रतिशतदेखि १३.०५ प्रतिशतसम्म, शैक्षिक कर्जा १०.८ प्रतिशतदेखि १२.०५ प्रतिशतसम्म र कृषि कर्जा १०.०५ प्रतिशतदेखि १२.०५ प्रतिशतसम्म निर्धारण गरेको छ ।
यस्तै, बैंकले २७ प्रकारका साधारण निक्षेप खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म साधारण बचतमा ब्याजदर दिने भएको छ । मुद्दति निक्षेपतर्फ भने ६ महिनाभन्दा कममा ६.५० प्रतिशत, ६ महिनाभन्दा बढी र १ बर्षभन्दा कममा ७ प्रतिशत र १ वर्षभन्दा माथि ७.२५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।
साथै, संस्थागत मुद्दति निक्षेपतर्फ ६ महिनाभन्दा कममा ५.५० प्रतिशत, ६ महिनाभन्दा बढी र १ बर्षभन्दा कममा ६ प्रतिशत र १ वर्षभन्दा माथि ६.५० प्रतिशत ब्याजदर दिने भएको छ ।
SHARE YOUR THOUGHTS