एसबिआई र माच्छापुच्छ्रे बैंकको ब्याजदर सार्वजनिक, कुनबाट ऋण लिँदा पर्छ यस्तो ? « Eglish Khabarhub

एसबिआई र माच्छापुच्छ्रे बैंकको ब्याजदर सार्वजनिक, कुनबाट ऋण लिँदा पर्छ यस्तो ?



काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न बैंकहरुले ब्याजदर सार्वजनिक गर्न थालेको छन् ।

बुधबार नेपाल एसबिआई बैंक, माच्छापुच्छ्रे बैंक रहेका छन् । एसबीआई बैंकको मुद्दती खातामा संस्थागत रुपमा ६.५० र व्यक्तिगत तर्फ ७.२५ प्रतिशत ब्याज रहेको छ ।

यस्तै बचतमा न्यूनतम १ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याज पाइने छ ।
बैंकको असार मसान्तसम्मको आधार दर ९.२५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.२५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

बैंकबाट पर्सनल, एसएमई, होम लोन, अटो लोन, हायर पर्चेज लोन, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लिँदा १४.२५ प्रतिशत ब्याज लाग्ने छ ।

यस्तै माच्छापुच्छ्रे मुद्दती तथा बचतको नभएर ऋणको लागि मात्रै ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकको असार मसान्तसम्मको आधारदर ९.२१ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिँदा १४.२१ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट होम, अटो, मोटरेज, शैक्षिक धितोकर्जा, सेयर धितोकर्जा लगायतका शिर्षकमा ऋण लिँदा १४.२१ प्रतिशत ब्याज लाग्ने छ ।

Publish on: