मुक्तिनाथ विकास बैंकले कर्जामा दिने भयो छुटैछुट « Eglish Khabarhub

मुक्तिनाथ विकास बैंकले कर्जामा दिने भयो छुटैछुट



काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक कर्जा योजना सञ्चालनमा ल्याएको छ । योजना अन्तर्गत अधिकांश कर्जा सीमित अवधिका लागि निम्न आकर्षक सेवा तथा सुविधा प्रदान गर्नेछ ।

बैंकका अनुसार कर्जा न्यूनतम ब्याजमा उपलब्ध हुनेछ भने ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृति गरिनेछ । त्यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन गरिने छैन भने कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र र विना सुरक्षण शुल्कमा लकरको सुविधा समेत छ ।

यसका साथै बैंकले बैंकबाट कर्जा लिने ग्राहकले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी साँवा र ब्याज साउन मसान्तसम्म चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशतसम्मको छुट दिने जानकारी दिएको छ ।

मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखामार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आएको छ । साथै प्रविधिमा आधारित भइ मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

Publish on: