नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई समस्या परे एपक्यामकले सघाउने « Eglish Khabarhub

नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई समस्या परे एपक्यामकले सघाउने



काठमाडौ । रााष्ट्रिय र बहुराष्ट्रिय पक्षका विवाद नेपालबाट समाधान गर्ने गरी बिदेशी लगानी नेपाल ल्याउन र नेपालका विवाद समाधानमा महंगो खर्च व्यहोरेर बिदेशमा रहेका संस्था र बिषेशज्ञको सेवा खरिद गर्ने बाध्यतालाई अन्त्य गर्न एपक्यामको स्थापना गरिएको छ ।

बिदेशी मुद्रा संचितीमा समेत मुलुकलाई र बिवाद समाधानमा उद्योग बाणिज्य क्षेत्रलाई मद्दत गर्ने सहयोगीका रुपमा भुमिका निर्वाहा गर्ने एसिया प्यासिफिक सेन्टर फर आर्विट्ेसन एण्ड मेडिएसन(एपक्याम) नामक सस्था स्थापना भएको हो ।

विवाद शान्ति, सम्बृद्धी र विकासको बाधक भएकाले समाज रुपान्तरण र विकासका लागि सकृय एसिया प्रशान्त क्षेत्रका बिभिन्न ८ संस्थाहरुद्वारा स्थापित एपक्याम्प नेपालमा पनि बिस्तार गरिएको संस्थाका महासचिव तथा बरिष्ठ अधिबक्ता मातृका प्रसाद निरौलाले जानकारी दिए ।

हाल नेपालमा नेपाल इन्टरनेशनल एडिआर सेन्टर, इण्डियन इन्स्टिच्युट अफ आर्विट्ेशन एण्ड मिडिएशन, मलेसियन मिडिएशन सेन्टर, इण्डोनेसिया मिडिएशन सेन्टर, हङ्गकङ इन्टरनेशनल मिडिएशन , हङ्गकङ इन्स्टिच्युट अफ आर्विट्ेटर्स, थायल्याण्ड आर्विट्ेशन सन्टर, अष्ट्ेलियन डिस्प्युट रेजोलुसन सेन्टर, लगायतका संस्थाहरु आबद्ध भई संयुक्त सेवा शुरु गरेका छन् ।

नेपालका तर्फबाट एपक्यामका बोर्ड सदस्य तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टरको महासचिव बरिष्ठ अधिबक्ता मातृका निरौला, अन्य संस्थाका तर्फबाट अनिल जेभियर, डा. फ्रेसिस ल, दातुक कुतुबल जमान, फामी साहेव, सिल्भिया सिविङ, पसित अस्वातानापूर्ण, डेकी लोगोनेज लगाएत छन् ।
‘विवाद समाधानको शुलभ अवसर जुटाउनु मुलुकको जिम्वेवारी मात्र होइन बिदेशी लागनी र बिश्वास आर्जन गर्ने अपरिहार्य माध्यम हो’ – वरिष्ठ अधिवक्ता निरौलाले भन्नुभयो ।

नेपालमा केही ब्यवसायीहरुको पहलमा खास गरी मध्यस्थ र मेलमिलाप मा आधारित सेवा, त्यसै बिषयमा थप अध्ययन, अनुसन्धान र थप सुधार गर्दै जाने उद्देश्यले ८ बर्ष अघि नेपाल इन्टरनेशनल एडिआर सेन्टर (एआएसी) को स्थापना भई केही काम हुँदै आएको थियो ।

Publish on: