सनराइज बैंकले सरकारलाई दियो ७९ लाख रुपैयाँ सहयोग « Eglish Khabarhub

सनराइज बैंकले सरकारलाई दियो ७९ लाख रुपैयाँ सहयोग



सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले बनाएको कोषमा ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो रकम सरकारलाई सहयोग गरेको हो ।

बैंकका संचालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा युवराज खतिवडालाई सो सहयोग रकम हस्तान्तरण गरिन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र नायब महाप्रवन्धक आरती राणा समेत उपस्थित थिए ।

बैंकले विभिन्न प्रदेशमा कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य उपकरण तथा आर्थिक सहयोग गरेको थियो ।

Publish on: