काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको छ।
उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
अपराह्न करिब साढे ५ बजेतिर आफ्नै निवास लैनचौरमा घिमिरेको निधन भएको हो । घिमिरेको अन्त्येष्टि बुधबार गरिनेछ ।
उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधामा सिर्जना गर्दथे ।
SHARE YOUR THOUGHTS