निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने, सम्भव भए विद्युतीय माध्यमबाट दिनुपर्ने « Eglish Khabarhub

निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने, सम्भव भए विद्युतीय माध्यमबाट दिनुपर्ने



काठमाडौं । काठमाडौं उपत्यकामा ३ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जारी भएको हो ।

निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले सकेसम्म बैंक तथा वित्तीय संस्था समेत नखोल्न आग्रह गरेका छन् । बैठकपछि जारी भएको सूचनामा बैंक तथा वित्तीय संस्थाको हकमा मर्चुअल तथा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने र सम्भव नभएमा मात्र न्यूनतम कर्मचारी बोलाएर सेवा दिन भनिएको छ ।

भर्चुअल रुपमा सेवा दिन सम्भव नभएमा राष्ट्र बैंकले तोकेको संख्यामा सीमति रहेर आवश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले भनेको छ ।

अहिले नै पनि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत मात्र कर्मचारी बोलाएर सेवा दिएका छन् । कतिपय शाखा कार्यालयहरु बन्द भएका छन् । यसैले निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्था बीमा सेवा पूर्ण रुपमा बन्द भने हुने छैन ।

घरबाट कर्मचारीले गर्न सक्ने काम घरबाट गर्न र आवश्यक पर्ने न्यूनतम कर्मचारी मात्र बैंक तथा वित्तीय संस्थाले बोलाएर सेवा दिनुपर्ने हुन्छ ।

सोमबार मात्र नेपाल बैकर्स संघले अत्यावश्यक नपरेसम्म बैंक तथा वित्तीय संस्थामा नआउनको लागि अनुरोध गरेको छ ।

Publish on: