काठमाडौं । सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आइतबार ९८ हजार ४ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
आज छापावाला सुनको प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९७ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
SHARE YOUR THOUGHTS