काठमाडौं । कोरोनाको संक्रमण बढेको भन्दै सरकारले निषेधाज्ञा जारी गरेको समयमा आम नेपालीलाई खुसी दिने खालको एउटा भिडियो सार्वजनिक भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुक बालमा एउटा रेलको भिडियो सार्वजनिक गरेका छन् ।
उक्त भिडियोमा देखाइएको रेल जनकपुर–जयनगरमा चल्ने रेल हो । उक्त रेलले एक पटकमा झण्डै १ हजार ३०० यात्रु बोक्ने क्षमता राख्छ ।
उक्त रेल डिजेलबाट स्र्टाट हुने र जेनेरेटरबाट पैदा भएको विद्युत्बाट चल्ने रेल विभागको भनाइ छ ।
धनुषाको जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालन गर्ने तयारी गरिएको छ । भारतको जयनगरबाट शुरु हुने रेल कुर्थासम्म पहिलो चरणमा चल्नेछ । यस्तै सोही रेलमार्ग विस्तार हुँदै बर्दीबाससम्म आइपुग्छ । कुर्थादेखि बर्दीबास खण्डको रेलमार्ग पनि निर्माणको क्रममा छ ।
विभागका महानिर्देशक मिश्रले २ वटा रेल मध्ये एउटा रेल नेपाल भारत सीमा नजिकै आइपुगेको बताए । नेपाली सीमाबाट झण्डै ३ घण्टाभन्दा टाढा सोनपुर हाजीपुरमा आइपुगेको छ ।
कोरोनाको संक्रमण नभएको भए उक्त रेल नेपाली भूमिमा आइपुग्ने थियो । उक्त रेलको दुवै तर्फ इन्जिन भएकाले फर्काउनु पर्दैन । दुबैतर्फ इन्जिन भएकाले रेल चलाउन सजिलो हुनेछ ।
कोरोनाको महामारी कम नहुँदासम्म रेल उत्तै भारततर्फ नै रहने छ ।
भारतीय कम्पनी इन्टरनेशनल कोचले उक्त रेल निर्माण गरेको हो । विभागले ८६ करोड लगानी गरेको २ वटा रेल निकट भविश्यमा नै सञ्चालनमा आउने छ ।
SHARE YOUR THOUGHTS