काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । मंगलबार ९८ हजार ४ सय रुपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो ।
बुधबार छापावाला सुनको प्रतितोला ९७ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोलाको ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।मंगलबार तेजाबी सुनको मूल्य ९७ हजार ९०० मा कारोबार भएको थियो । साथै, चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।