राष्ट्र बैंकले सीइओहरुको कुलिङ पिरियड घटायो, मर्जरमा जानेलाई छुट « Eglish Khabarhub

राष्ट्र बैंकले सीइओहरुको कुलिङ पिरियड घटायो, मर्जरमा जानेलाई छुट



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको कुलिङ पिरियड घटाएको छ ।

नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा कुलिङ पिरियड घटाएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी एक संस्था छोडेर अर्को संस्थामा जान ६ महिना कुलिङ पिरियडको व्यवस्था थियो ।
यो निर्देशिका अनुसार तीन महिनामा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई एकीकृत कारोबार सञ्चालनको क्रममा वा एकीकृत कारोबार शुरु भएको तीन महिनाभित्र पदमुक्त भएका वा सेवामा निरन्तरता नपाएका अर्को संस्थामा नियुक्त हुन उपयुक्त व्यवस्थाले बाधा पु¥याएको नमानिने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसअघि वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७८ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा यस्ता संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारीको हकमा उपरोक्त व्यवस्था लागू हुने छैन भन्ने वाक्यांश थियो ।

अहिलेको व्यवस्थाले मर्जरमा गएर २०७८ असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालनको प्रावधान समेत हटाएको छ ।

Publish on: