गोल्छा समूहले तय गर्यो वस्तुगततर्फको कार्यकारिणी सदस्यको उम्मेद्वार « Eglish Khabarhub

गोल्छा समूहले तय गर्यो वस्तुगततर्फको कार्यकारिणी सदस्यको उम्मेद्वार



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार हुन लागेको निर्वाचनमा शेखर गोल्छा समुहले वस्तुगत तर्फको सदस्यको टिम फाइनल गरेको छ । गोल्छा समुहबाट बस्तुगत तर्फ उमेशलाल श्रेष्ठ उठ्दै छन् ।

काठमाडौंमा आइतवार बेलुका आयोजित कार्यक्रममा वस्तुगतका उपाध्यक्षका उम्मेद्वार श्रेष्ठले आफ्नो टिमको घोषणा गरे । सदस्यका उम्मेद्वारलाई गोल्छालाई माला लगाएर टिममा स्वागत गरेका थिए । बरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधानको प्यानलबाट वस्तुगत तर्फ उपाध्यक्षमा शंकर पाण्डेले उम्मेद्वारी दिएका छन् ।

गोल्छा समूहबाट वस्तुगत तर्फ सदस्यका उम्मेद्वार

कमला श्रेष्ठ
रविनकुमार श्रेष्ठ
अन्जन श्रेष्ठ
सन्दिप अग्रवाल
जयप्रकाश शिवाकोटी
लोकनाथ गैरे
हेमरत्न शाक्य
आकाश अधिकारी
सुरेन्द्र कुमार श्रेष्ठ
सुनिल गोपाल श्रेष्ठ
विनोद ढकाल
खेमराज पन्त
प्रकाशसिंह कार्की
हेमराज ढकाल

Publish on: