काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा शुक्रबार घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS