ब्रिटिस प्रोफेसनल कलेजमा एसिसिए प्रोग्राम सुरु, कलेजको कार्यकारी प्रिन्सिपलमा प्रोफेसर मेरी नियुक्त « Eglish Khabarhub

ब्रिटिस प्रोफेसनल कलेजमा एसिसिए प्रोग्राम सुरु, कलेजको कार्यकारी प्रिन्सिपलमा प्रोफेसर मेरी नियुक्त



काठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेजमा एसिसिए (एसोसियसन अफ चार्टटण्ड सर्टिफाइड एकाउन्टेन्ट्स) प्रोग्राम सुरु भएको छ ।

ब्रिटिस प्रोफेसनल कलेज एसिसिएबाट गोल्ड एएलपीबाट मान्यताप्रता रहँदै आएको छ । सन् २०१२ देखि एसिसिए परीक्षाका लागि सयौँ विद्यार्थीहरु तयार गरिसकेको यो कलेजले उत्कृष्ट प्रोफाइल बनाउन सफल भएको छ । कलेजबाट एसिसिए वल्र्ड परीक्षा टपर र लगातार एसिसिए नेपाल टपरहरु हुन सफल भएका छन् ।

कलेजले अत्याधुनिक प्रविधिबाट विद्यार्थीहरुलाई पठनपाठन गराउँदै आइरहेको छ । त्यस्तै कलेजले विभिन्न संघसंस्थाहरुसँग सम्झौता गरेको छ जसका कारण विद्यार्थीहरुले सजिलै आर्टिकलसिप सहजै पाउने गर्छन् । कोरोना महामारीका बीच पनि एसिसिएले फाइनल र कलेजले आन्तरिक परीक्षाहरु गराउन सफल रहेको छ ।

कलेजले आफ्नो उत्कृष्ट विद्यार्थीको अनुभव र नतिजालाई अनुगमन गर्न र सुधार गर्न विशेष काम राख्दै आइरहेको छ । विद्यार्थीको प्रगति र सुरक्षा सुनिश्चित गर्न कलेज प्रयासरत छ । यो कठिन समयमा कुनै पनि परिस्थितिको सामना गर्न विद्यार्थीको साथमा कलेज रहेको छ ।

यस्तै, हालै  पुर्व लर्निङ एसिसिए प्रमुख प्रोफेसर मेरी  द ब्रिटिस कलेजको कार्यकारी प्रिन्सिपलमा   नियुक्त भएकी छन् । उनी भन्छिन्, ‘एसीसीए व्यवसायिक र प्राविधिक रुपले विद्यार्थीहरूलाई नयाँ र उदाइरहेका उद्योगहरू, जस्तै कृषि, प्रशासन, व्यापार साझेदारी र डिजिटल पूर्वाधारको वरिपरि अनुकूलन गर्न अनुमति दिनेछ । ब्रिटिश प्रोफेशनल कलेज पहिले नै यो सफलताको बाटोमा रहेको छ । यसको निरन्तर र सफलताको लागि शुभकामना दिन्छु ।’

विश्वभर यो कोर्सको डिमाण्ड रहेको छ । ५ लाख २७ हजार भन्दा बढी विद्यार्थीहरु, २ लाख १९ हजारभन्दा बढी सक्षम सदस्यहरु १७९ देशमा छहरिएर रहेका छन् ।

Publish on: