पुस १६ गते पानीजहाजको टिकट पाइने ओलीको घोषणा कहाँ पुग्यो ? प्रगति १% भन्दा कम « Eglish Khabarhub

पुस १६ गते पानीजहाजको टिकट पाइने ओलीको घोषणा कहाँ पुग्यो ? प्रगति १% भन्दा कम


१६ पुस २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । आजभन्दा ठीक ३ वर्ष पहिले । संघीय संसदको प्रतिनिधिसभाको बैठक । सभामुखसँग समय लिएर रोष्टममा उभिए प्रधानमन्त्री केपी शर्मा ओली ।

संघीय संसदको रेकर्ड अनुसार २०७४ साल पुस १७ गते ।

सभामुखसँग उनले समय लिएकाले नेपाली जनतालाई विश्वासमा लिने केही महत्वपूर्ण भाषण गर्लान् भन्ने धेरैको अपेक्षा थियो । मिनपचासको जाडो यस्तै थियो, यसपालाको जस्तै । प्रतिनिधिसभाको बैठक कक्ष भरीभराउ थियो ।

प्रधानमन्त्रीले आफनै शैैलीमा भाषण शुरु गरे । उनले आफना विरोधीमाथि प्रहार गर्न उखान टुक्का प्रयोग गर्छन र राष्ट्रिय समस्या समाधान गर्नभन्दा हावादारी भाषण गरेरर एक छिन सुन्नेलाई रमाइलो प्रदान गर्छन् । यो उनको शैली नै बनेको छ । त्यसदिन पनि त्यसै गरे उनले ।

आफनै शैलीमा भाषण शुरु गरेका प्रधानमन्त्रीले राष्ट्रिय विषयलाई छाडे । बरु उनले रेल र पानीजहाजको टिकट काट्नका लागि तयार रहन आग्रह गरे ।

उनले विगतमा रेल र पानीजहाज ल्याउँछु भन्दा मलाई खिल्ली उडाउनेहरू अहिले हो रहेछ भन्ने बनाउने बताए । प्रधानमन्त्री ओलीले त्यसदिन भनेका थिए ‘अब टिकट काट्न तयार रहनुस्, रेल र पानीजहाज हामी जसरी पनि ल्याउँछौ ।’

उनले त्यत्ति मात्रै भनेनन् । समृद्धिको सपना देखेर कुनै गल्ती नगरेको दोहोर्याए । ओलीले त्यसदिन अगाडि बढेर भनेका थिए, ‘बजेट र नीति कार्यक्रमको अर्धवार्षिक समीक्षामा छौं । सरकार बनेको १० महिना अवधिको पनि समीक्षामा छौं ।

वैज्ञानिक विधिबाट सरकार सफल भयो कि भनेर सूचकका आधारमा मूल्यांकन गर्छौं । समृद्धिको सपना देखेर कुनै गल्ती गरेनौं ।’

उनले दोलाघाटबाट पानीजहाज चल्ने र टिकट काटन तयार भएर बस्न प्रतिपक्षी नेपाली काँग्रेसका सांसदलाई आग्रह गरे ।

काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले हवाई सपना बाढेको र पानीजहाजको नाममा हुँदै नहुने सपना बाडेको बताएका थिए । थापाको प्रश्नमा उत्तर दिने क्रममा ओलीले पानीजहाजको टिकट काटन तयार हुन भनेका थिए ।

३ वर्षपछि अहिले …
यो ३ वर्ष पहिलेको कुरा थियो । अब अहिले फर्कौ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको रणनीतिक योजना भन्दै हल्ला गराएका थिए । उनले उक्त योजनालाई फ्ल्यागसिप कार्यक्रमको संज्ञा समेत दिएका थिए ।

केही समय पहिले बसेको राष्ट्रिय विकास समस्या समाधान उप–समितिको बैठकमा भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एकप्रतिशतभन्दा कम देखाएको छ । जुन आफैमा विरक्तको कथा बनेको छ ।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रस्तुत गरेको मन्त्रालयको विवरण अनुसार पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.४८ प्रतिशत मात्रै छ ।

समग्रमा मन्त्रालयले वित्तीय प्रगति ४०.४९ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको विवरण प्रस्तसत हुँदा ओलीले टिकट काटन भनेको आयोजनाको कामको अवस्था दुरुहपूर्ण रहेको छ । दास्रो त्रैमासमा समेत भौतिक र वित्तीय प्रगति पहिलोको भन्दा फरक नहुने अवस्था कायम नै छ । किनकी कुनै काम नै भएको छैन पानीजहाजमा ।

त्यस्तै, ओलीले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा रहेको सडक विभागको कार्यालयमा पानीजहाज कार्यालय उद्घाटन गरे ।

पानीजहाज कार्यालयको उद्घघाटन गर्दै उनले त्यसदिन पनि अब केही महिनामै पानीजहाजको टिकट काट्न पाइने दावी गरेका थिए । उनले आफ्ना पार्टीभित्र र बाहिरका विरोधीलाई संकेत गर्दै भनेका थिए, ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ ।’

उनले त्यस दिन अघिल्लो वर्ष भारत भ्रमण जानुअघि नै पानीजहाजको सम्भावना देखेपछि जलमार्ग र रेलमार्ग बनाउनको लागि प्रस्ताव गरेको तर्क गरेका थिए ।

उनले आफ्नो पानीजहाज चलाउने सपनालाई धेरैले हमला गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए त्यसदिन पनि । उनले पाँच/सात जनालाई जागिर खुवाउनको लागि मात्रै पानीजहाज ल्याउन नखोजेको पनि बताएका थिए । तर अवस्था उनले भने जस्तै नै छ ।

काठमाडौं चक्रपथ सुधार योजनाको ११ कोठे भवनलाई कार्यालय भनिएको छ । नाम पानीजहाज कार्यालय भएपनि कार्यालयमा पानी समेत उपलब्ध छैन ।

सहसचिव स्तरका रजिस्ट्रारसहित १६ जना कर्मचारी दरबन्दी कायम गरिएको सो कार्यालयमा हाल सहसचिव नै छैनन् । उपसचिव स्तरका कर्मचारी छन् । अन्य कर्मचारी पनि कोही प्राविधिक छैनन् ।

सरकारले उक्त कार्यालयमा एक जना इन्जिनियरिङ सेवामा कार्यरत रजिस्ट्रारको नेतृत्वमा १५ कर्मचारी रहने गरी १६ जना कर्मचारीको दरबन्दी तोकेको थियो । कार्यालयमा न त कर्मचारी, न त, अध्ययन , न त बजेटको अवस्थामा छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारी यसबारेमा प्रतिक्रिया दिन नै डराउँछन् । उनीहरु कोही पनि बोल्न तयार छैनन् ।

पानी जहाज कार्यालयले कोसीमा यसअघि नै सञ्चालनमा आएका स्टिमर दर्ता गरेर बसेको छ । यस्तै, चितवनको नारायणी नदीमा चलाइएको स्टिमरलाई पानी जहाज चलाएको भन्दै रमाएको छ । डुंगा तथा स्टिमर दर्ता गर्न ल्याउन भनेको छ ।

ओलीले कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिएका थिए । तर, पानीजहाज कार्यालय भने न त नीति, न त योजना न त कार्यक्रमको अवस्थामा छ ।

यतिखेर पनि ‘पानीजहाजको टिकट कहाँ, कहिले काट्न पाइन्छ’ भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई मेन्सन गरेर सोधखोज गर्नेको संख्या उस्तै रहेको छ । पछिल्ला दिनमा ओलीले अवस्था बुझेर हो वा काम हुँदैन भन्ने लागेर हो, पानीजहाजको कुरा गर्न छाडेका छन् ।

भौतिक पूर्वाधारका जानकार तथा विज्ञहरुका अनुसार पानीजहाज कार्यालयको उद्घघाटन भएपनि त्यसलाई चाहिने साधन स्रोत र कर्मचारी उपलब्ध हुन सकेको छैन ।

नेपालको कोशी तथा गण्डकी नदीमा पानीजहाज चलाउने विषयमा अध्ययन गरेका माधव बेल्वासे, खानेपानी मन्त्रालयका सचिव छन् । उनले तत्कालीन समयमा आफूहरुले अध्ययन गरेर प्रतिवेदन बुझाएको भएपनि अहिले कुन अवस्थामा छ आफूले भन्न नसक्ने बताउने गरेका छन् । उनको केही समयपछि अवकाश हुन लागेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोलकाता हुँदै वाराणसीसम्म ल्याएको पानी जहाज समेत चल्न सकेको छैन ।

वर्षायामममा केही दिन चलाइएपनि हिउँदमा पानीजहाज बालुवामा धसिएका कारण चलाउन समस्या भएको भारतीय सञ्चारमाध्यमले समाचार विवरण सार्वजनिक गरेका थिए ।

वनारसमा बालुवामा धसियो
भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउन थालेको थियो । सोही आधारमा प्रधानमन्त्री ओलीले पनि कोसी र नारायणीमा जहाज चलाउन सकिने भन्दै संसदमा उभिएर हनुमाननगरमा टिकट काटन तयार भएर बस्न भनेका थिए । उता नचलेपछि यता चल्ने करा नै भएन । त्यसकारण पानीजहाज कार्यालय पानी नै नपाएर तिर्खाएर बसेको छ ।

प्रधानमन्त्री ओलीले भारतले गण्डकमा आफ्नो तर्फ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै तयार भइसकेको बताएका थिए । तर, जानकारहरुले भने बालुवामा जहाज धसिएपछि भारतले पनि तत्कालका लागि पानीजहाजको योजना स्थगित गरेको बताएका छन् ।

राज्यको कार्यकारी व्यक्तिले कुन हदसम्म गलत र पूरा नहुने विषयलाई उचालेर भाषण गर्दा रहेछन् भन्ने तथ्य पानीजहाजले स्थापित गरिदिएको छ । उनीहरुको भनाई र गराईबीचको अन्तर आकाश जमिनको जस्तै रहेको देखिन्छ ।

प्रधानमन्त्रीजस्तो सम्मानित पद धारण गरेका व्यक्तिले दिएको गलत भाषण कार्यान्वयन हुन सकेको छैन । बोली र काम गराईमा ताादम्य मिलाउने भनिएका कम्युनिस्ट प्रधानमन्त्री आज ३ वर्षपछि आफैले टिकट काट्न आउन भनेकालाई कहाँ लगेर पानीजहाज चढ्लाउन भन्ने प्रश्न खडा भएको छ ।

पूरा नहुने झूटको आयू कति होला ? प्रधानमन्त्रीले टिकट काटन आउनु भनेका नागरिकलाई उत्तर दिन पनि चाहेका छैनन् । झुटको पर्दा उघ्रिएको समेत उनलाई पत्तो छैन । मंगलबार नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रदर्शनीमार्गमा उभिएर उनै ओलीलाई सोधेका थिए ‘ कमरेड ओली कहाँ पुग्यो पानीजहाज ? कहाँ पुग्यो घर घरमा ग्यासको पाइप लाइन ?’

कहिले आउला त टिकट काटने दिन ?
२०७५ असार १४ गते प्रधानमन्त्री ओलीले सरकारले पानी जहाज सञ्चालनको व्यापक गृहकार्य गरिरहेको बताएका थिए । यस्तै सोही सालको पुस १६ गते सप्तरीको पुरानो सदरमुकाम हनुमानगर आउन निम्तो नै दिएका थिए । आज निम्तो दिएको मिति पूरा भएको पनि ठ्याक्कै २ वर्ष पूरा भएको छ ।

तर, हनुमान नगरमा न त पानीजहाज छ । न त काठमाडौंमा ओलीको दुई तिहाईको सत्ता नै । संविधान विपरीत विघटन गरिएको प्रतिनिधिसभाका सदस्य समेत नरहेका प्रधानमन्त्री केवल कामचलाउ मात्रै छन् ।

प्रधानमन्त्रीले भनेको अर्को भाषण पनि हेरौ । उनले भनेका थिए, ‘रेलको कुरा गर्दा खेलौना देखाए । जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए । हेर्दाहेर्दै हनुमाननगरबाट रेल चल्छ । अहिले सन् २०१८ हो, सन् २०१९को शुरूमै जहाज चल्छ । पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ । सबैलाई निम्तो छ ।’

तथ्य परिक्षण गरौ । ओलीले गरेको भाषणको । यतिखेर न त हनुमाननगरमा स्टिमर छ । स्थानीयले आफनो दैनिक जीवन चलाउन तयार पारेको काठको डुंगा भन्दा अरु केही पनि छैनन् हनुमाननगरमा ।

भारतबाट ल्याइएको रेल पनि मीनपचासको ठिही तापेर बसीरहेको छ, धनुषामा । रेल कम्पनीका महाप्रबन्धक गुरु भट्टराई ओली विरोधी खेमालाई सामाजिक सञ्जालमा गाली गरेर बसीरहेका छन् । रेल चलाउने तर्फ उनको कुनै ध्यान छैन ।

प्रधानमन्त्री ओलीले नेपालको पानीजहाजलाई पुस १६ गते कलकत्तामा स्वागत गरिने बताएका थिए । बिहिबार आज पुस १६ गते नै हो । कही कतै पानीजहाजको स्वागत गरिने समाचार आएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव श्रेष्ठले पानीजहजाको विषयमा अझै धेरै काम गर्न बाँकी रहेको राष्ट्रिय योजना आयोगको समिक्षा बैठकमा बताएका थिए ।

उनले धेरै अध्ययन तथा लगानी आवश्यक पर्ने समेत बताएका थिए । पानीजहजाको विषय सुन्दै आएका सचिव मधुसुदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव छन् ।

ओलीले निम्तो दिएको अघिल्लो पुस पनि त्यत्तिकै बित्यो । यस वर्षको पुस पनि त्यत्तिकै बित्नेवाला छ । तर पानीजहाज चल्नु त कता हो कता, कार्यालयले समेत कर्मचारी पाएको छैन ।

संसद र सार्वजनिक कार्यक्रममा विरोधीलाई गिल्ला गर्दै भाषण गरेका प्रधानमन्त्री ओली यतिखेर आफै गिल्ला र हाँसोको पात्र बनेका छन् । विगतमा विपक्षीले पूरा नहुने सपना भन्दा उनीहरु विरुद्ध खनिएका प्रधानमनत्री यतिबेला के भन्दा हुन् ? आम जनताको चासो छ ।

पानीजहाजको विषयमा अध्ययन गरेका एक सचिवका अनुसार नेपालका नदीमा पानीजहाज चल्न सक्छन् कि सक्दैनन् ? भन्ने नै थाहा नपाउने प्रधानमन्त्रीको सनकमा सो कार्यक्रम अगाडि सारियो ।

नेपालका नदीमा स्टिमर चलाउने हो कि पानीजहाज ? भन्नेमा कोही कसैलाई पनि थाहा छैन । जलयातायात विज्ञ पनि नेपालमा छैनन् । रमाइलोका लागि स्टिमर चलाउन त सकिन्छ । तर कहाँको स्टिमर, कहाँको पानीजहाज , आकाश जमिनको फरक छ । जानकारहरुले नदीमा जलसतह कम भएको र गहिराई समेत कम भएकाले नेपालका नदीमा पानीजहाज चलाउन नसकिने बताउँदै आएका छन् ।

पानी जहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए ‘ केही महिनाभित्रै पानीजहाज सञ्चालन गर्न सक्नेगरी आवश्यक जनशक्ति र योजना बनाइन्छ ।’ तर, उनले भनेको केही महिना कहिले आउने हो, कुनै ठेगान छैन । बरु पानीजहाजको कार्यालयसँग एउटा बोर्ड छ । केही कर्मचारी छन् । मिनपचासको जाडोमा घाम ताप्छन् र खाजा खाएर घर फर्कन्छन् ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार ००:००  ११ : २३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping