लकडाउनको बेला किसानले दुध सडकमा पोख्नु परेको प्रति मन्त्री अर्याल चिन्तीत « Eglish Khabarhub

लकडाउनको बेला किसानले दुध सडकमा पोख्नु परेको प्रति मन्त्री अर्याल चिन्तीत


१६ पुस २०७७, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

ललितपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले लकडाउनको समयमा किसानहरुको दुध बिक्री नभएर सडकमा पोख्नु परेको प्रति चिन्ता व्यक्त गरेकी छिन् ।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा बिहीबार कृषि विभाग र पशुसेवा विभागको अनुगमनका क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

कोभिड-१९ को संक्रमणका कारण मुलुक लकडाउनको स्थितीमा रहेका बेला किसानहरुको दुध बिक्री नभएर सडकमा पोख्ने अवस्था आएको भन्दै अब दुध बिक्री नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकारहरु बनाउने सीप तथा औजार किसानलाई प्रदान गर्न निर्देशन दिएकी छिन् ।

पुल्चोकस्थित विभागको अनुगमन, निरिक्षण गर्दै मन्त्री अर्यालले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरुका बारेमा जानकारी लिइन् ।

उनले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन कार्ययोजना बनाएर मन्त्रालयमा पेश गर्न निर्देशन दिँदै कार्ययोजना बनाउदा कृषिले पशु र पशुले कृषिबाट अलग हुनेगरी नबनाउन समेत निर्देशन दिइन् ।

‘अल्पकालिन, मध्यकालिन र दिर्घकालिन स्पष्ट खाका सहितको कार्ययोजना बनाएर पेश गर्नुहोला । कार्ययोजना बनाउदा कृषिलाई एकातिर र पशुलाई एकातिर बनाएर हुदैन । कृषि र पशुपंक्षी भनेका एकअर्काका परिपूरक हुन्’, मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले अबको दिनमा अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छिन् । मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभएपनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने बताइन् । त्यसका निम्ती आवश्यक कार्यक्रम र कार्ययोजना बनाउन समेत मन्त्री अर्यालले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

‘अग्र्यानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ । रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्न सकिँदैन’, मन्त्री अर्यालले भनिन्, ‘तर अब प्राङ्गारिक मलमा जोड दिउँ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग बृद्धि गर्दै लैजाउ ।’

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन् ।

कृषकले कृषि कर्म गर्नका निम्ती मल, बिउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत उनले कर्मचारीहरुलाई निर्देशन दिइन् ।

मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडि बढाउन निर्देशन दिइन् । ‘हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको ? त्यसको लेखाजोखा गर्नुस’, मन्त्री अर्यालले भनिन्, ‘अनुदानका कार्यक्रमलाई पुर्नविचार गरौं । यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।’ राम्रा कामलाई निरन्तरता हुने ढंगले अगाडि बढ्नुपर्ने भन्दै उनले सोच र कार्यशैली बदलेर कामलाई अगाडि बढ्न निर्देशन दिइन् ।

निर्वाहमूखी कृषि प्रणालीको अन्त्य गरेर व्यवसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउँदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न व्यवसायिक कृषि प्रणालीमा जोड दिनैपर्ने दाबी गरिन् ।

त्यस्तै पशुसेवा विभागको ब्रिफिङ कार्यक्रममा मन्त्री अर्यालले मासु, दुध र माछामा आत्मनिर्भर भयौं भन्ने ढंगले तयारी अगाडि बढाउन कर्मचारीहरुलाई निर्देशन दिइन् । बजारमा देखिएको बोयर बाख्राको मागको पुर्ती गर्नेगरी काम गर्न समेत निर्देशन दिइन् ।

मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्कीले मन्त्रालयको बित्तिय प्रगती बढाउने लक्ष्य रहेको भन्दै त्यही अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भएपनि काम देखिनेगरी अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरी पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने बताए । केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएको भन्दै उनले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताए ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार ००:००  ५ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping