काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्र्रीलाई राज्य विरुद्धको कसुरको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले झाँक्रीलाई राज्य विरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई पक्राउ गर्नका लागि उनको निवास शंखमुल पुगेको थियो । उनको निवासमा समर्थकहरुले उनको समर्थन र सरकारका विरुद्धमा नाराबाजी गरेका थिए ।
लामो समयको छलफलपछि झाँक्रीले प्रहरीलाई गिरफतारी दिने निर्णय गरेकी थिइन् । उनले केही समय अगाडि गोरखामा भएको एक कार्यक्रममा उनले राष्ट्रपति विरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।
झाँक्रीले गिरफ्तारी दिनु अगाडि समर्थलाई सम्बोधन गर्दैै भनिन, ‘हामीले कहिल्यै नखोसिने लोकतन्त्रका लागि लडेका थियो । हामीले धेरै अधिकार प्राप्त गरेका छौं भन्ने लागेको थियो । ३ वर्ष अगाडि हाम्रो पार्टीले स्पष्ट बहुमत पनि प्राप्त गरेको थियो । अहिले मलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको छ । सोही अनुसार मैले पनि कानूनको पालना गर्दै गिरफ्तारी दिन जाँदैछु ।’
के छ दफा ५८ मा ?
दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुनेः ९१० कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।
SHARE YOUR THOUGHTS