काठमाडौं । काठमाडौं-रक्सौल रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीअीर) निर्माण हुने भएको छ । रेलमार्गको डीपीआर भारतले निर्माण गर्नेछ ।
रेलमार्गको डीपीआर तयार गर्न नेपाल र भारतबीच समझदारी हुने क्रममा छ । रक्सौलदेखि काठमाडौंसम्म ब्रोड गेज रेलमार्गको निर्माण कार्य अगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारी पत्रलाई स्वीकृत गरी सो समझदारी पत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने २०७७ फागुन २५ गते बसेको मन्त्रिपरिषदले निर्णय गरेको छ ।
भारतले सरकारले समझदारी पत्रमा हस्ताक्षर गर्ने प्रतिनिधि तोक्न अनुरोध गरेसँगै नेपाल सरकारले रेल विभागका महानिर्देकलाई काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी दिएको हो ।
‘काठमाडौं-रक्सौल रेलमार्गको डीपीआर समझदारीमा नेपालकोतर्फमा हस्तारक्षर गर्ने अधिकारीको रुपमा महानिर्देशकलाई जिम्मा दिएको छ, दुई राष्ट्रबीचको समझदारीमा डीपीआर हस्ताक्षर हुने मिती तोकिन्छ’, रेल विभागका महानिर्देशक प्रमिलादेवी शाक्य बज्रचार्यले क्लिकमाण्डूसँग भनिन्, ‘त्यसपछि मात्रै हस्ताक्षर हुने मिती तय हुन्छ ।’
भारतको रेल प्रणाली ब्रोड गेजको छ । नेपाली रेल जोड्न भारती रेल संरचना अनुसार ब्रोड गेजमै निर्माण गर्न खोजिएको हो । नेपाली पक्षले भने स्ट्यान्र्ड गेजमा काठमाडौं-रक्सौल रेलमार्ग निर्माण गर्न अनुरोध गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत नेपाली उच्च अधिकारीसमक्ष ब्रोडगेजमा बनाउने भनेका थिए । भारतले आफ्नै खर्चमा डीपीआर तयार गर्ने भएकाले नेपाली पक्ष ब्रोड गेजकै रेलमार्ग
निर्माण गर्न राजी भएका हुन् ।
नेपालमा सञ्चालन हुने रेल कुन गेजको हुने भन्ने नेपालको प्रष्ट नीति छैन । चीनको सहयोगमा निर्माण हुने रेल स्ट्यान्डर्ड गेजको हुनेछ भने भारतको सहयोगमा निर्माण भइरहेको र हुने रेल ब्रोड गेजको छ । हाल सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेल पनि ब्रोड गेजको छ । जनकपुर–जयनगर रेलमार्ग भारतको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो ।
पूर्व–पश्चिम रेलमार्गको केही खण्ड ब्रोड गेजमै निर्माण गर्नेगरी डिजाइन भएको छ ।
SHARE YOUR THOUGHTS