काठमाडाैं । नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनीमा यस पटक बारपार सुलिकोटका फोटाको अनलाइन प्रदर्शनी जसअन्तर्गत ३ ओटा फोटाका फोटोग्राफरहरुलाई पुरस्कृत गरिएको छ ।
पहिलो हुने खुसिराम घलेको फोटोले रू १० हजार, दोस्रो हुने सिरिश वि.सीको फोटोले रू ८ हजार र तेस्रो हुने अमिर श्रेष्ठको फोटोले रू ५ हजार नगद पुरस्कार जितेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका(गोरखा), नेपाल पर्यटन बोर्ड, फोटोग्राफर उमा बिस्ट र स्टोरी साइकलले संयुक्त रूपमा निर्णय गरि विजेता फोटोग्राफरहरु छनोट गरेको हो ।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु भएको कारणले राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चा पाएको बारपाक पर्यटकीय गाउँको प्रचार-प्रसारसँगै भूकम्प स्मृतिको सन्दर्भ पारेर अनलाइन फोटो प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा बारपाकलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, बारपाकलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत बारपाकका रमणीय दृष्यावलोकन गर्न सकिने स्थलहरु, पर्यटकलाई आकर्षित गर्ने वस्तुका तस्बिर राखिएका थिए ।
प्रकृति, संस्कृति लगायत आकर्षण समावेश गरिएको फोटाका प्रदर्शनी नेपाल पर्यटन बोर्डको फोटो अभियानको पोर्टल www.photonepal.travel मा गरिएको थियो । साथै विभिन्न अनलाइन कार्यक्रमहरुको आयोजना गरिएको हो । फोटो प्रदर्शनी वैशाख १० बाट आरम्भ भई वैशाख २४ सम्म चलेको थियो ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले हिमालको काख रहेको एउटा पुरानो लाहुरेहरुको बस्ति बारपाक २०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु कारणले राष्ट्रिय-अन्तराष्ट्रिय रुपमा चर्चाको शिखरमा पुगेको बताए । बारपाक गाउँपालिकाको यो एउटा महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको छ ।
बारपाक गाउँको कला-संस्कृति र यसको पर्यटकीय आयामहरु उजागर गर्न गरिएको अनलाइन कार्यक्रम प्रति गाउँपालिकाको तर्फबाट यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्न, थप विस्तार गर्न सहयोग गरिने बताए ।
बारपाक सुलिकोट गाउँपालिका, बारपाक मित्रता समाज, स्टोरी साइकल, ब्रिटिश काउन्सिल र नेपाल पर्यटन बोर्डसँग मिलेर बारपाक क्षेत्रको अनलाइन पहुँच बढाउन विभिन्न अनलाइन कार्यक्रमहरु आयोजना गरिएका हुन् ।
SHARE YOUR THOUGHTS