काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभा बिघटन विरुद्धका रिटमाथिका १९ वटा सुनुवाई आफ्नै इजलासमा तोकेका छन् । त्यसविरुद्ध परेका ३० वटामध्ये १९ वटा रिटको सुनुवाईका लागि बिहीबार पेशी तोकिएको हो ।
प्रतिनिधि सभा पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश माग गरी सर्वोच्च अदालतमा ३० वटा रिट परेका थिए । जसमध्ये १९ वटा रिटमाथि आज सुनुवाई हुन लागेको हो ।
बिघटनविरुद्ध अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली, केशरजंग केसी र राजेन्द्र महर्जन, वीरभद्र जोशी, अजय बुढाथोकी, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, बद्री राज भट्ट, नीतिका ढुंगाना, इन्द्रप्रसाद अर्याल, उमेशप्रसाद, दिनेश त्रिपाठी, चन्द्रप्रसाद लुइटेल, कृष्ण तिमिल्सीना, दीपक राई, दीपकराज कँडेल, सुलभ खरेल, धनजीत बस्नेत, कृष्ण प्रसाद भण्डारी, राजाराम घिमिरे र यज्ञमणी न्यौपानेले दायर गरेको रिट दायर गरेका छन् ।
SHARE YOUR THOUGHTS