![](https://internal.appharu.com/wp-content/uploads/2019/10/rakeshjhunjhunwala1_660_092619013213.jpg)
एजेन्सी । भारतीय सेयर बजारमा बादशाह राकेश झुनझुनवालाले रणनीतिक रुपमा केही कम्पनीको सेयरको हिस्सा घटाएका छन् ।
भारतीय सेयर बजार विश्लेषकहरुले यसलाई उनको रणनीतिक चालका रुपमा लिएका छन् ।
उनले विभिन्न ५ कम्पनीको सेयरको हिस्सेदारी कटौती गरेका छन् । विवरणहरुका अनुसार उनले केही समय पहिले आइरन नलगाएको सर्टमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए । उक्त तस्बिर निकै भाइरल समेत बनेको थियो ।
उनको सो भेटलाई लिएर सोसल मिडियामा ट्रोल भएको थियो । विवरणहरुका अनुसार झनझुनवालाले फोर्टिस हेल्थकेयरको हिस्सेदारी ४.३ प्रतिशतबाट घटाएर ४.२ प्रतिशत कायम गरेका छन् ।
त्यस्तै अप्टेकको ०.०२ प्रतिशतले कम गरेका छन् । मन्धना रिटेलको ५.४ प्रतिशतले हिस्सेदारी घटाएका छन् । त्यस्तै, एमसिएक्स तथा ल्यूपिनको हिस्सेदारी पनि १ प्रतिशतले घटाएका छन् ।
झुनझुनवालाको पोटिर्स हेल्थकेयरमा ३ करोड १९ लाख ५० हजार कित्ता सेयर रहेको छ । जसको मूल्य ८२९.४ करोड भारु बराबर रहेको छ । सो कम्पनीले १०४ प्रतिशत मुनाफा दिएको थियो ।
त्यस्तै, अप्टेकमा उनको ९६ लाख ६८ हजार ८४० कित्ता सेयर रहेको छ । त्यसको हालको मूल्य २९६.५ करोड भारु बराबर रहेको छ ।
मन्धना रिटेलमा उनको १६ लाख ३० हजार ९०० कित्ता सेयर रहेको छ । यसको हालको बजार मूल्य २.८२ करोड भारु बराबर रहेको छ । एमसिएक्सले गत वर्ष १३ प्रतिशत मुनाफा दिएको छ ।
SHARE YOUR THOUGHTS