![](https://internal.appharu.com/wp-content/uploads/2018/12/rastriya-banijya-bank-RBB-photo.jpg)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ न. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका बयलवासमा शाखा बिस्तार गरी बुधबारबाट कारोबार शुरु गरेको छ ।
यससँगै बैंकको कुल शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
SHARE YOUR THOUGHTS