![](https://internal.appharu.com/wp-content/uploads/2017/03/gold-1.jpg)
काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ३ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा बुधबार ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएकोमा बुधबार २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।
SHARE YOUR THOUGHTS