
काठमाडौं । ज्योति विकास बैंकले कोहलपुर नगरपालिका वडा नं १५, बाँकेस्थित शमशेरगंज स्वास्थ्य चौकी र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई सहयोग गरेको छ ।
शमशेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्यास गिजरहरू हस्तान्तरण गरेको छ ।
शमशेरगंज स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकम बहादुर केसीले कोहलपुर नगरपालिका वडा नं १५ बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा ,काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कंडेलले संयुक्त रुपमा श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्यास गिजरहरू हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्