![](https://internal.appharu.com/wp-content/uploads/2021/09/interest-rates-1.jpg)
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले फागुन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले प्रकाशित गरेको सूचना अनुसार बचत खातामा ४।५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकले १९ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै मुद्दती निक्षेपमा बैंकले १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याज दिने छ । बैंकले हाल ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
यस्तै कर्जा तर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने छ । बैंकले हाल विभिन्न २२ प्रकारका कर्जा दिने गरेको छ । सहकारी बैंकले सहकारी संघ संस्थाको मात्रै निक्षेप संकलन गर्ने र उनीहरुलाई नै कर्जा दिने गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2022/02/sajakari-387x768.jpg)
SHARE YOUR THOUGHTS