डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’ « Eglish Khabarhub

डेल्टा टेकमार्फत् आईटी क्षेत्रमा भविष्य खोज्दै एकता गोल्छा, अन्तर्राष्ट्रिय बजारमा पुर्याइन् ‘डेल्टा सेल्स एप’


२३ फाल्गुन २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

बिराटनगर । एक सय वर्षदेखि उद्योग र व्यापारमा वर्चश्व जमाइरहेको गोल्छा परिवारमा जन्मिएकी एकतालाई परम्परागतभन्दा फरक क्षेत्रमा काम गर्ने मन थियो । उनको सानैदेखिको रुचि कम्प्युटर र आइटी हो ।

बुबा रामचन्द्र गोल्छा आरके ग्रुपअन्तर्गत जुट, कृषि तथा व्यापार सम्बन्धी विभिन्न व्यवसाय गरिरहेका छन् । त्यही उद्योग व्यवसायमा लाग्ने सजिलो अवसर थियो एकतालाई ।

आइटी क्षेत्रमा काम गर्ने सानैदेखिको चाहनालाई पूरा गर्दै सन् २०१६ मा स्थापना गरिन डेल्टा टेक । सफ्टवेयर डेभलपमेन्टको काम गरिरहेको डेल्टा टेकले ‘डेल्ट सेल्स एप’ भनेर भारतसहितका विभिन्न देशका विभिन्न कम्पनीहरुले प्रयोग गरिरहेका छन् ।

जसलाई उनले भविष्यको मुख्य प्रडक्टका रुपमा अगाडि बढाउन चाहन्छिन् । गत हप्ता बिराटनगरको आफ्नै कार्यालयमा कुरा गर्दै एकताले भनिन्, ‘डेल्टा सेल्स एप हाम्रो मुख्य प्रडक्ट हो । यो यस्तो एप हो जसले उद्योग व्यापारका हरेक गतिविधिलाई रेकर्ड र ट्रयाक गर्न सकिन्छ ।’

सफ्टवेयर डेभलपमेन्टको काम गरिरहेकी एकतालाई यो एप बनाउने आइडिया भने परिवारकै व्यवसायबाट आएको बताउँछिन् ।

विभिन्न व्यवसाय गरिरहेको गोल्छा परिवारका सदस्यहरुले यस्तो सफ्टवेयर खोजिरहेका थिए जसले बिक्रेताहरु बजार पुगेको, पेमेन्ट कलेक्सन, अर्डर लिएको वा बजारमा मार्केटिङका क्रममा ग्राहकलाई भेटेका हरेक विषयहरु ट्रयाक गरेर अझ प्रभावकारी बनाउन चाहिरहेका थिए ।

यही कुरा परिवारका सदस्यले एकतालाई सुनाए । एकताले यस्तो विषयमा केही गर्न सकिन्छ कि भनेर खोज्न थालिन् । यो समस्या गोल्छा परिवारका सदस्यले मात्र होइन, बजारमा सानादेखि ठूला उद्योग व्यवसायमा पनि रहेको थियो ।

कुनै कम्पनीले कर्मचारीको ट्रयाकिङ गर्ने एप चाहियो भनिरहेका थिए भने कसैले बजारमा सामान बेच्नेहरुको विवरण राख्ने प्रविधि खोजिरहेका थिए ।

‘बजारको यस्तै आवश्यकतालाई बुझेर डेल्टा सेल्स एप निर्माण गरिएको हो,’ एकताले भनिन् ।

सन् २०१८ मा यो एप शुरु गर्दा पहिलो चरणमा पारिवारिक व्यवासायमा प्रयोग गरे । जसले गर्दा यसलाई कसरी प्रयोग गर्न सकिन्छ र थप सुधार के गर्नुपर्छ भन्ने परीक्षण गर्ने मौका मिल्यो । यस एपले मुख्यगरी कम्पनीका विभिन्न गतिविधिको ट्रयाकिङ र रेकर्ड राख्ने काम गर्छ ।

मानौं कुनै पनि कम्पनीले आफ्नो मार्केटिङ टीमका दुई दर्जन कर्मचारीलाई बजारमा खटाइरहेको छ । अब उनीहरु कहाँ–कहाँ गए, को–कोसँग भेट गरे, के–के कुरा गरे, के–के विवरण संकलन गरे, के–के अर्डर लिए, ग्राहकसँग कति समय बिताए जस्ता अनेक विवरणको रेकर्ड यस एपले राख्छ ।

यस एपमा झन्डै दुई दर्जन फिचर छन् । जस्तो कि अर्डर रिपोर्टिङ, पेमेन्ट कलेक्सन म्यानेजमेन्ट, फिल्ड ट्रयाकिङ, एटेन्डेन्स एण्ड लिभ म्यानेजमेन्ट, प्रडक्ट म्यानेजमेन्ट, कस्टरमर भिजिट ट्रयाकिङ, टुर प्लान, असाइन एक्टिभिटिज एण्ड सेल्स टार्गेट, डिस्ट्रिव्युटर प्लान, डाइरेक्ट कस्टुमर अर्डरआदि छन् ।

कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार विभिन्न फिचर प्रयोग गर्छन् ।

सानादेखि ठूला कम्पनीमा यस्ता विषयमा धेरै समस्या हुनसक्छ । जसका लागि उनीहरुसँग प्राविधिक ज्ञान, सीप र क्षमता नहुन सक्छ ।

‘संसारभरका कम्पनीमा रहेका यस्तै समस्या समाधान गर्न भनेर हामीले डेल्टा सेल्स एप निर्माण गरेका हौं,’ एकताले भनिन्, ‘यो एप अहिले धेरै उपयोगी भइरहेका छन् ।’

कम्पनीअनुसार विभिन्न आवश्यकता पर्छ । जस्तो कि कसैलाई सेल्स गर्ने कर्मचारीको ट्रयाकमात्र गर्नुपर्ने हुन्छ भने कसैलाई पेमेन्ट कलेक्सनका लागि आवश्यक पर्न सक्छ । त्यस्तै, कसैले अर्डरका लागि यो एप प्रयोग गर्न सक्छन् ।

कम्पनीको आवश्यकताअनुसार एपमा फिचर राखिन्छ । कम्पनीले एप भएको मोबाइल कर्मचारीलाई उपलब्ध गराउँछन् । कर्मचारीले आफ्नो कामअनुसार विवरण भर्छन् । जसले कामको पूर्ण जानरकारी राख्छ ।

सेल्स टीमका लागि यो एप धेरै प्रयोग भएको एकताको दाबी छ ।

सन् २०१६ मा शुरु भएको डेल्टा टेकले डेल्टा सेल्सबाहेक सफ्टवेयर डेभलपमेन्टलगायतका धेरै काम गर्छ । सर्भिस प्रोभाइडरको रुपमा यसले काम गरिरहेको एकताले बताइन ।

बिक्रेता, डिस्ट्रिव्युटर प्यानल र बी टु बी ईकमर्श एप गरी तीन कुरा यस एपमा रहेको उनले बताइन । कुनै सेल्सम्यानले जागिर छोडेर गए पनि एपमा पहिलाका सबै ग्राहकको रकेर्ड र विवरण रहिरहन्छन् ।

यो एपले अहिले नेपाल, भारतसहित विभिन्न मुलुकका २ सयभन्दा धेरै ग्राहकले डेल्टा सेल्स एप प्रयोग गरिरहेका छन् । यो एप प्रयोग गर्ने ग्राहक मुख्यगरी नेपाल, भारत, इजिप्ट, नाइजेरिया, क्यानडा, अमेरिकाका विभिन्न कम्पनीहरुले प्रयोग गरिरहेको एकता बताउँछिन् ।

एप प्रयोग गर्ने २०० ग्राहकमध्ये आधा भारतमा छन् । नेपालमा भने बढीमा १५ प्रतिशतले मात्र प्रयोग गरिहेको एकताले बताइन । नाइजेरिया, इजिप्ट, क्यानडा, अमेरिकामा पनि केही ग्राहकहरु रहेका छन् ।

‘यी कम्पनीहरुले आफ्नो आवश्यकताअनुसार विभिन्न फिचरहरु प्रयोग गरिरहेका छन्,’ एकताले भनिन्, ‘जस्तो कि कसैले ट्राकिङ सिस्टमका लागि मात्र प्रयोग गरिरहेका छन् भने सेल्स अटोमेसन फिचर, कसैले डिस्ट्रिव्युसन प्यानल, कसैले बी टु बी कस्टुमर एप प्रयोग गरिरहेका छन् ।’

ग्राहकले प्रयोग गरेको फिचरका आधारमा एपको शुल्क तोकिएको छ । ग्राहक भनेको डेल्टा सेल एप प्रयोग गर्ने कम्पनीको प्रति कर्मचारी हुन् । प्रतिग्राहक प्रतिमहिना २ सय रुपैयाँदेखि प्रतिग्राहक प्रतिमहिना २ हजारसम्म अहिले शुल्क लाग्छ ।

जस्तो कुनै ५ जना प्रयोगकर्ता भएको सानो कम्पनी छ र एउटामात्र फिचर प्रयोग गरिरहेको छ भने प्रतिमहिना प्रतिग्राहक २ सय रुपैयाँ लाग्छ । ठूलो कम्पनी छ र धेरै फिचर प्रयोग गरिरहेको छ भने प्रतिग्राहक २ हजारका दर शुल्क लाग्ने एकताको भनाइ छ ।

एकताका अनुसार प्रत्येक कम्पनीमा ५ जनादेखि १०० जनासम्मले यो एप प्रयोग गरिरहेका छन् ।

नयाँ क्षेत्र र भविष्यमा ठूलो सम्भवना देखिकी एकताले तत्कालका लागि भने प्रगतिको गति सुस्त भएको बताउँछिन् । कोरोना संक्रमणका कारण बजार प्रभावित बन्यो । पसल, रेष्टुराँ बन्द हुन्दा एकताको ग्राहकमा पनि प्रभाव परेको छ ।

कोरोना संक्रमणको विषम परिस्थितिमा भने अन्तरिकरुपमा काम गरिन । एपका लागि चाहिने विभिन्न फिचरहरुमा काम गरेको उनको भनाइ छ । जस्तो कि बी टु बी कस्टुमर एप यही समयमा बन्यो । यसबाट कस्टुमरले सिधै अर्डर गर्न सक्छन् । यसले धेरै सहयोग गरेको छ ।

अबको केही वर्ष डिस्ट्रव्युसन कम्पनीमा फोकस गरेर काम गर्न चाहन्छिन् उनी । डेल्टा टेकमा २५ जना कर्मचारी कार्यरत छन् ।

नेपाल बाहिरको बजारमा पनि विभिन्न माध्यमबाट आफ्नो प्रडक्ट पुर्याउन बजारीकरण गरिरहेकी छन् । जस्तो कि एसईओ, डिजिटल मार्केटिङ जस्ता टुल्सले अन्तर्राष्ट्रिय बजारमा जान सजिलो भएको छ ।

बाहिरका देशमा थप बिस्तारका लागि पार्टनरसिपमा काम गर्ने योजना उनको छ । बाहिरका बजारका पार्टनरहरु खोजिरहेको उनले बताइन । पार्टनरसिपमा जाँदा बाहिरी देशमा बिस्तार गर्नका गर्न सजिलो माध्यम बन्ने उनको बुझाइ छ ।

‘बाहिर जान त्यति गाह्रो छैन,’ एकता भन्छिन्, ‘केही प्रयासले हामी त्यहाँ पुगेका छौं ।’ केही स्टाफ काठमाडौंमा बसेर पनि प्रडक्टको मार्केटिङ गरिरहेका छन् ।

बेलायतबाट म्याथम्याटिक्समा ब्याचलर र मास्टर म्याथम्याटिक्स एण्ड कम्पिटेन्स फाइनान्स अक्फोर्ड युनिभर्सिटीबाट सन् २०१२ मा मास्टर गरेकी ३२ वर्षे एकतासँग आइटी क्षेत्रमा काम गर्नका लागि विभिन्न आइडियाहरु छन् तर, अहिलेका लागि भने यसैमा फोकस गर्न चाहेको उनले बताइन् ।

‘मेरो भविष्य भनेको यही आइटी कम्पनी हो,’ उनले भनिन्, ‘यस क्षेत्रमा विभिन्न काम गर्दै जाने योजना छ ।’

एपका विभिन्न फिचरमा अहिले काम भइरहेकोछ । जस्तो कि अकान्टिङ प्याकेज इन्टिग्रेटिङको काम भइरहेको छ । जब अर्डर यस एपमा अपलोड हुन्छ, यो सिधै अकाउन्ट वा केन्द्रमा पुग्छ । उसँग कम्पनीको कारोबार कस्तो छ भनेर उत्तिखेरै थाहा पाउन सकिन्छ ।

यस्तै, बुक इन्टिग्रेसन गर्ने काम पनि गरिरहेका छन् ।

‘विभिन्न प्याकेजलाई इन्टिग्रेसन गर्ने काम हामीले गरिरहेका छौं,’ एकताले भनिन्, ‘एफएमसिजी उद्योगका लागि यो धेरै राम्रो भइरहेको छ ।’

बिस्तारै एपको प्रयोग बढ्दै गएको र अहिलेको लागि एक हजार ग्राहक बनाउने लक्ष्यमा उनी छिन् । जसले अर्को लेभलमा लैजान सहयोग गर्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ००:००  १२ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping