
काठमाडौं । सरकारले इन्टरनेट शुल्क घटाउने भएको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले इन्टरनेटको शुल्क घटाइने बताए । उनले इन्टरनेटलाई सर्वसुलभ बनाउन शुल्क घटाउने बताए ।
बाँकेको कोहलपुर र ललितपुरको खुमलटारमा डाटा सेन्टर भौतिक पूर्वाधार, धरानमा डाटा सेक्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टरको सम्भावना अध्ययन गरिनेछ ।
उनले हुलाक सेवा व्यवस्थित गरिने बताए ।
SHARE YOUR THOUGHTS